चितवनबाट ल्याएको गैंडा आज बर्दिया निकुञ्जमा छाडिदै

चितवनबाट ल्याएको गैंडा आज बर्दिया निकुञ्जमा छाडिदै

  • बुधबार, फाल्गुन १९, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

काठमाडौ १९ फागुन ।
विश्व वन्यजन्तु दिवसको अवसर पारेर चितवन राष्ट्रिय निकुञ्जबाट ल्याइएको एउटा गैँडा आज बर्दिया निकुञ्जमा स्थान्तरण गरिदैछ ।

आज एक विशेष कार्यक्रम गरेर वन मन्त्री अग्निप्रसाद सापकोटा, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक फणिन्द्रराज खरेल लगायतको उपस्थितिमा गैँडा बबई उपत्यकामा छाडिने बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ ।

सरकारको निर्णय अनुसार बर्दिया राष्ट्रिय निकुञ्जको बबई उपत्यकामा १५ वटा गैँडा स्थानान्तरण गरिने बर्दिया निकुञ्जका प्रमुख संरक्षण अधिकृत रमेश कुमार थापाले बताउनुभयो ।

चितवन राष्ट्रिय निकुञ्जबाट हिजो दिउँसो नियन्त्रणमा लिइएको गैँडा आज बिहान बर्दिया निकुञ्जको बबई उपत्यकामा छाड्ने तयारी भएको हो ।

बर्दिया निकुञ्जमा अहिले २९ गैँडा रहेको तथ्यांक छ । यसअघि पटकपटक गरी चितवन राष्ट्रिय निकुञ्जबाट ल्याइएका ७० गैँडा बबईमा र १३ गैँडा कर्णाली नदी तटिय क्षेत्रमा छाडिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी