राष्ट्रियताका विषयमा सरकार झुकेको छैन :ज्ञवाली

राष्ट्रियताका विषयमा सरकार झुकेको छैन :ज्ञवाली

  • मङ्लबार, फाल्गुन १८, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

भक्तपुर, १८ फागुन ।

नेकपा (एमाले)का सचिव प्रदीपकुमार ज्ञवालीले राष्ट्रियताका विषयमा नेपाल भारतसँग नझुकेको धारणा राख्नुभएको छ ।नाका खुलाउन नेपाल भारतसामु नझुकेको उहाको भनाई थियो ।

अनेरास्ववियु सानोठिमी क्याम्पस कमिटीले आज आयोजना गरेको बधाई ज्ञापन कार्यक्रममा उहाँले प्रधानमन्त्रीको भारत भ्रमण सफल भएको र भारतले अब नाकाबन्दी नगर्ने जिकिर गर्नुभयो ।

सचिव ज्ञवालीले २२ औँ राष्ट्रिय अधिवेशनबाट निर्वा्चित अनेरास्ववियुका अध्यक्ष नवीना लामा लगायत पदाधिकारी र सदस्यलाई बधाई दिँदै विद्यार्थीको हकहित र देशको विकासमा युवा विद्यार्थी परिचालन हुनुपर्ने आँैल्याउनुभयो ।

अनेरास्ववियुका अध्यक्ष लामाले क्याम्पसहरुमा तत्काल स्ववियु निर्वाचन गराउन पहल गरिने जानकारी दिँदै शैक्षिक विकृति रोक्न आफूहरु लाग्ने बताउने बताउनुभयो ।

कार्यक्रममा अनेरास्ववियु क्याम्पस कमिटीका अध्यक्ष लालबहादुर रोकाय, भएको नेकपा (एमाले) भक्तपुरका उपाध्यक्ष बच्चन देउजा, अनेरास्ववियु भक्तपुरका पूर्वअध्यक्ष श्यामसुन्दर बस्नेत लगायतले अनेरास्ववियुले शैक्षिक विकासका लागि कदम चाल्नुपर्नेमा जोड दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ