कांग्रेस संस्थापनबाट आज उम्मेदवार टुगो लाग्ने ,देउवा पक्षको भोली

कांग्रेस संस्थापनबाट आज उम्मेदवार टुगो लाग्ने ,देउवा पक्षको भोली

  • मङ्लबार, फाल्गुन १८, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमाडौ १८ फागुन ।
नेपाली कांग्रेसको आगामी नेतृत्वका लागि संस्थापन पक्षले आज बेलुकासम्म उमेदवारीको टुङ्गो लगाउने भएको छ ।

पदाधिकारीमा आकांक्षी धेरै भएपछि उम्मेदवारी घोषणा गर्न नसकेको सस्थापन पक्षले आज साझ सम्ममा छलफल गरि टुगो लगाएर भोली उमेदवारी घोषणा गर्ने तयारी गरेको हो ।

सभापतिका आकांक्षी महामन्त्री कृष्ण सिटौलालाई मनाउन अर्का आकांक्षी कार्यवाहक सभापति रामचन्द्र पौडेलले प्रयास गगरिरहनु भएको छ ।

आज दिनभर पनि संस्थापनबाट एउटै उमेदवार बनाउन प्रयास गर्ने र नभए रामचन्द्र पौडेललाई अघि सार्ने तयारी भएको सो पक्षका नेताहरुले बताएका छन् ।

संस्थापनबाट महामन्त्रीमा डा शशांक कोइराला उमेदवार हुने लगभग तय भएको छ । यता वरिष्ठ नेता शेरबहादुर देउवा पक्षले भने संस्थापनको उमेदवारी घोषणा पर्खिएर बसेको छ ।

यता, देउवा पक्षले पनि संस्थापन पक्षबाट उमेदवारी घोषणा गरेलगत्तै भोली नै उमेदवारी घोषणा गर्ने तयारी गरेको छ ।

वरिष्ठ नेता शेरबहादुर देउवाले संस्थापनबाट उम्मेदवारी घोषणा गरेपछि मात्रै आफ्नो उम्मेदवारी घोषणा गर्ने तयारी गर्नुभएको छ ।

संस्थापन पक्षबाट असुन्तुष्ट रहेकाहरुलाई समेटेर देउवाले भोलीसम्ममा पार्टी कार्यलय सानेपामा कार्यक्रम गरी प्रतिबद्धतापत्र सहित उम्मेदवारी दिने बताईएको छ ।

देउवाले सभापतिमा आफ्नो उम्मेदवारी घोषणा गरेपनि महामन्त्री ,कोषाध्यक्ष लगायतका पदमा भने उम्मेदवारी घोषणा नहुने भएको छ ।
अन्य पदका लागी अझै छलफल जारी रहेकाले अन्य पदाधिकारीको उम्मेदवारी पछि घोषणा गने जनाईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ