मैले सोचे भन्दा ठुलो सफलता हात पर्यो:गंगाधर पराजुली

मैले सोचे भन्दा ठुलो सफलता हात पर्यो:गंगाधर पराजुली

  • सोमवार, फाल्गुन १७, २०७२
  • मिर्मिरे अनलाइन

  • 11.9K
    SHARES

लामो समय देखि सुगम संगीतमा संघर्ष गर्दै आज सम्म आफ्नो संगीत यात्रालाई निरन्तरता दिदै आउनु भएका युवा गायक गंगाधर पराजुलीले पछिल्लो पटक आफ्नो गीती यात्रालाई फरक बनाउदै पप क्षेत्रमा प्रबेस गर्नुभएको छ हेरौ उहाको सांगीतिक यात्राको आज सम्मको संघर्ष र संगीतको बारेमा कमल सरगमले लिनुभएको अन्तर्वार्ता :-

केमा बेस्त हुनुहुन्छ आज भोलि ?

गंगाधर:गीत संगीतमै बस्त् छु रेकर्डिङ तिर दिन बेतित गर्छु  यस बाहेक स्कुल  कलेजमा म्युजिक सिकाउछु यसैमा बितेका छन् मेरा दिनहरु ।

तपाइको संगीतको केहि पृष्ठभूमि जानकारी गराइदिनुस्न तपाइको हाम्रा आम पाठकहरुलाई ?

गंगाधर:आज भन्दा १२ बर्ष देखि म म्युजिकमा निरन्तर लागिरहेको छु पहिलो एल्बम “सुभारम्ब”बाट आफ्नो संगीत यात्रा सुरु गरेको हु । पहिलो एल्बम विन्ध्यवासिनी म्युजिक प्रालि बाट बजारमा ल्याएको थिए ।

सुभारम्भ”ले कतिको सफलता हात पार्यो ?

गंगाधर: मैले सोचे भन्दा ठुलो सफलता हात पर्यो यही एल्बम को “थियो मेरो पहिलो माया” बोलको गीतबाट मैले नवप्रतिभा तर्फ बिन्ध्यावासिनी अवार्ड हात पारे यही नै मेरो जिबनको सबै भन्दा सफलता पूर्ण क्षेन हो म यो एल्बम बाट पूर्ण खुसि छु ।

यो क्षेत्रमा लाग्न परिवारको सपोर्ट कस्तो छ ?

गंगाधर:परिवारको राम्रो सपोर्ट छ ,घरपरिवारले पनि मेरो आवाजलाई मनपराइदिनु भएको छ यही कारण पनि म आफुलाई भन्दा बढी सफलता परिवारकै हातबाट प्राप्त गरेको सम्झन्छु ।

संगीत सिक्ने रहर कसरि जाग्यो ?

गंगाधर:एस. एल.सी पास गरे पछी मलाइ गायक बन्ने सपना जाग्यो त्यस पछी भोला राइ,बिष्णु आचार्य र धन बहादुर गोपाली गुरुहरु संग संगीत सिक्ने मौका प्राप्त भयो र सास्त्रीय संगीतमा डिप्लोमा गर्न सफल भए यही नै मेरो रहरको पहिलो भाबिदार रहयो ।

संगीत तपाईलाई के हो जस्तो लाग्छ ?

गंगाधर:संगीत सुर ताल र लय संगको तालमेलनै संगीत हो ,संगीत भनेकै बिस्व भाषा हो ,अथाह सागर हो ,एहिले मलाइ आज धेरै स्रोता दर्शक सम्म चिनाउने मौका प्रदान गरेको छ ।

तपाइँ भविश्यामा गायन बाट माथि जाने सोच छ कि संगीताकारबाट ?

गंगाधर:म एउटा राम्रो गायकको रुपमा आफुलाई स्थापित गराउने सोचमा छु म गायन बाटै अगाडी बढ्नेछु।

हालसम्म कतिवोटा गीतमा आफुले आवाज दिनु भयो ?

लगभग १३ भन्दा बढी गीतहरुमा म आफैले आवाज भरेको छु भने केहि गीतमा संगीत दिएको छु ।

तपाइले आफुले आफैलाई कसरि परिचय दिनु हुन्छ संगीतको बिधार्थी कि शिक्षक ?

गंगाधर:म संगीतको बिधार्थी पनि हु र शिक्षक पनि हु म दुवै तिर छु त्यसैले मेरो उतर यही हो म संगीतको राम्रो स्रोता पनि हु ।

आगमी सृजनाहरु के के छन् ?

गंगाधर: चैत्रको पहिलो हप्ताबाट नया भिडियोहरु रिलिज हुदै छन् अन्य गीतहरु पनि रेकर्डिङ हुदै छन् ।

अन्तिममा आम पाठकहरुलाई के भन्नुहुन्छ ? 

मेरो हरेक सृजनाहरु जसरि आज सम्म मन पराउदै आउनु भएको छ आगमी सृजनालाई पनि यसरीनै साथ् र सहयोग पुर्याउनुहोला भन्न चाहन्छु  सल्लाह सुझाब पनि दिन अनुरोध गर्दछु र अन्तमा कमल जी लगाएत सम्पूर्ण अनलाइन टिमहरुलाई धन्यवाद दिन चाहन्छु ।

 

– See more at: http://780.34f.myftpupload.com/2016/02/archives/27579#sthash.KZzL4h8Y.dpuf

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी