धरानको पूर्वाञ्चल इन्जिनियरिङ्ग क्याम्पसमा तोडफोड सहित तालाबन्दी

धरानको पूर्वाञ्चल इन्जिनियरिङ्ग क्याम्पसमा तोडफोड सहित तालाबन्दी

  • सोमवार, फाल्गुन १७, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

धरान ,१७ फागुन ।

आफूहरुलाई शैक्षिक भ्रमणमा नलगी आलटाल गरेको भन्दै पूर्वाञ्चल इन्जिनियरिङ्ग क्याम्पसमा इलेक्ट्रोनिक्स तेस्रा बर्षमा अध्ययन विद्यार्थीहरुले हिजो बेलुका तोडफोड गर्नुका साथै क्याम्पस प्रमुख र अन्य विभागीय प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका छन् ।

फागुन २६ गते विद्यार्थीहरुलाई टुरका लागि क्याम्पस प्रशासनले लाने निर्णयगरेको भएपनि आफूहरुको सेडियुलमा सिभिल इन्जिनियरिङ्ग दोस्रो बर्षमा अध्ययनरत विद्यार्थीहरुलाई लाने भएपछि उनीहरुले क्याम्पस पमुख जितेन्द्र चौधरी सहित अन्य सातजनालाई क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गर्नुका साथै एउटा कुर्सी समेत जलाएका छन् ।

आफूहरुलाई नियत बस भ्रमण नलाने क्याम्पस प्रशासनको नियत भएकोले आफूहरु आन्दोलित हुनुपरेका विद्यार्थीहरुले बताएका छन् ।

उनीहरुले क्याम्पस प्रवेश गर्ने मूल ढोकामा समेत तालाबन्दी गरेका कारण क्याम्पसको सम्पूर्ण काम बारबाही समेत ठप्प भएको छ ।

आन्दोलित विद्यार्थीहरुले नाराबाजी गर्दै आफूहरुले क्यामपसले तोकेकै समयमा भ्रमणमा जान पाउनुपर्ने माग समेत गरेका छन् । आन्दोलनका कारण क्याम्पस नै अस्तव्यस्त बनेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ