एयर काष्ठमण्डपको विमान दुर्घटना, दुबै चालकको मृत्यु

एयर काष्ठमण्डपको विमान दुर्घटना, दुबै चालकको मृत्यु

  • शुक्रबार, फाल्गुन १४, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

काठमाडौँ, १४ फागुन ।

काष्ठमण्डप एयरलाइन्सको नाइन.एन.ए.जेवि.को एअर विमान कालिकोटमा दुर्घटना भएको छ । दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाइलट दिनेश न्यौपाने र को पाइलट सन्तोष राना रहनुभएको छ ।

विमानमा खरावी आएपछि आकस्मिक अवतरण गर्ने क्रममा ‘चिलखाया गाविस २ मा दुर्घटना भएको हो । नेपालगञ्जबाट जुम्लाका लागि उडेको विमानमा ११ जना सवार थिए । विमान १२ बजेर २७ मिनेटमा नै सम्पर्क्विच्छेद भएको थियो । दुर्घटनामा ९ जना घाइते भएका छन् ।

घाईते हुनेहरुमा जुम्ला चन्दननाथ नगरपालिका ६ का जगदम्बा खत्री गिरी, उनका श्रीमान मेघराज गिरी र १७ महिनाका छोरा प्रविण गिरी, चन्दननाथ नगरपालिका ५ का गणेश भट्टचन र उनकी १८ वर्षकी छोरी सोनामी भट्टचन, धनञ्जय केसी, चन्दननाथ ८ कार्कीवाडाकी लक्ष्मी सुनार, त्यस्तै जुम्लाको पद्मारा गाविसका लक्ष्मण खड्का, नुवाकोट थानसिंह गाविस ३ घर भइ काठमाडौंको स्वयम्भू बस्ने धुव्रप्रसाद भण्डारी रहनुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ