काग्रेस संस्थापन पक्षको बैठक जारी

काग्रेस संस्थापन पक्षको बैठक जारी

  • शुक्रबार, फाल्गुन १४, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमाडौं,१४ फागुन ।

नेपाली कांग्रेस संस्थापन पक्षको बैठक अहिले बसिरहेको छ।महाराजगञ्जस्थित रामशरण महतको घरमा जारी बैठकमा सभापति, महामन्त्री सहितका पदमा प्यानल सहित उम्मेदवार चयन गर्ने बिषयमा छलफल भइरहेको छ।

बैठकमा कार्यबाहक सभापति रामचन्द्र पौडेल,महामन्त्री प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, नेतृ सुजाता कोइराला, शशाङ्क कोइराला, शेखर कोइराला, दिलेन्द्रप्रसाद बडु, मिनेन्द्र रिजाल सहभागी हुनुहुनुभएको छ ।

पदाधिकारी बढाउने र महाधिवेशनमा कसरी सन्तुलित ढङ्गले प्यानल तयार पार्ने भन्ने विषयमा बैठक केन्द्रित रहेको बैठकमा सहभागी एक नेताले बताएका छन ।

यसैबिच  काग्रेसले १३ महाधिवेशनको प्रचार प्रसारका लागि पोस्टर पम्प्लेटिङ र वाल पेन्टिङ नगर्ने भएको छ । महाधिवेशनको प्रचारका लागी वातावरणमैत्री अन्य उपाए अवलम्वन गर्ने तयारी भएको कंग्रेसले जनाएको छ ।

प्रचार प्रसार उपसमितिका सदस्य बद्रि पाण्डेले पोस्टर, पम्प्लेटिङ र वाल पेन्टीङले बजारको सुन्दरतामा असर पुयाउने भएकाले त्यसो नगर्ने निर्णय भएको जानकारी दिनुभयो । कंग्रेसको महाधिवेशन आगामी २० गतेदेखी राजधानीमा शुरु हुदैछ ।

महाधिवेशनका लागि नीति तथा कार्यक्रम र बिधान संशोधनको प्रस्तावलाइ अन्तिम रुप दिन आन्तरिक छलफल भइरहेको छ ।बिधान संशोधन गरेर पदाधिकारीको संख्या बढाउने बिषयमा नेता शेरवहादुर देउवा पक्ष तयार नभएपछि अन्यौल बढेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ