व्यवसायीले फागुन २२ गतेदेखि विदेशमा कामदार पठाउन बन्द गर्ने

व्यवसायीले फागुन २२ गतेदेखि विदेशमा कामदार पठाउन बन्द गर्ने

  • बिहिबार, फाल्गुन १३, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

काठमाडौँ, १३ फागुन । प्रहरीले बुधबार १७ म्यानपावर कम्पनीमा छापा मारेर केही सञ्चालकलाई पक्राउ गरेको विरोधमा सबै म्यानपावरले आज कार्यालय बन्द गरेका छन् ।

सङ्घको आजको बैठकले आगामी फागुन २२ गतेदेखि अनिश्चितकालका लागि वैदेशिक रोजगारीमा पठाउन बन्द गर्ने निर्णय गरिएको सङ्घका महासचिव रोहन गुरुङले जानकारी दिनुभयो ।

विदेश जानका लागि प्रवेशाज्ञा आइसकेकालाई मध्यनजर गर्दै त्यस्ता कामदारलाई एक हप्ताभित्र विदेश पठाउन सङ्घले व्यवसायीलाई आग्रह गरेको छ ।

महासचिव गुरुङले वैदेशिक रोजगारको क्षेत्रमा बारम्बार आक्रमण भइरहेको बताउँदै यसको सञ्चालनको बारेमा निश्चित कार्यविधि नबनाएसम्म कार्यालय नखोल्ने बताउनु भयो ।

प्रहरीले कार्यक्षेत्र बाहिर गएर कार्यालयमा छापा मारेको व्यवसायीको आरोप छ । वैदेशिक रोजगारीसम्बन्धी कुनै उजुरी परे सो सम्बन्धमा वैदेशिक रोजगार विभागले कारबाही गर्ने तर प्रहरीले कारबाही गर्न नपाउने उनीहरुको दाबी छ ।

महानगरीय अपराध महाशाखाको टोलीले बढी पैसा असुल्ने, कामदारलाई अलपत्र पार्ने, एउटा भनेर अर्कै रोजगारीमा पठाउने, पैसा लिएर पनि रोजगारीमा नपठाउनेलगायतका उजुरीका आधारमा ती कम्पनीमा बुधबार छापा मारेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ