काठमाण्डौ ,१३ फागुन ।
गायक रामकृष्ढा ढकाल भन्छन् हुरी चलिरहेको थियो तर दियो निभेन । मैले त हुरीमा पनि दियो बलेको देखे ।
तपाईलाई सुन्दा अचम्म लाग्न सक्छ । तर यो उनले गीतका माध्यमबाट बताएका हुन् । सुगम संगीत क्षेत्रमा पछिल्लो पुस्तालाई बिउझाउदै सबैको मन मुटुमा बस्न सफल गायक ढकाल फेरी गीति संग्रह “हुरी” लिएर सांगीतिक बजारमा आएका छन् ।
सबैका प्रिय गायक रामकृष्ण ढकालको पछिल्लो पटक विन्ध्यवासिनी म्युजिक प्रालि बाट नया गीत सार्बजनिक भएको छ । गीति संग्रह “हुरी”मा समाबेश केहि गीतहरु मध्ये पछिल्लो पटक निकै चर्चामा रहेको गीत हो “म हुरीमा दियो बलेको देख्छु” ।
राजेश थापाको संगीत र रमेश जिशिको शब्दमा रहेको गीतले छोटो समयमा निकै चर्चा पाएको बताउदै विन्ध्यवासिनी का संचालक सुबास रेग्मी भन्नु हुन्छ “उमेरले पाको भए पनि उतिकै मिठो स्वर सबैका कर्णप्रिय गायक रामकृष्ण ढकालले गाउनु भएको यो गीत सबैको रोजाईएको परेको छ । साचिकै मन छुने छ” एक पटक पुरै गीत सुन्न तलको भिडियो हेर्नुहोस