काठमाण्डौ ,१३ फागुन ।
नेकपा (क्रान्तिकारी माओवादी)को केन्द्रिय पार्टी स्कुल विभागले नेवाः राज्यस्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रमको आयोजना गर्ने भएको छ । सहिदसप्ताहका अवसरमा यहि फागुन १४ देखी २१ गतेसम्म सन्चालन गर्ने विभागका सचिव हस्तबहादुर के.सीले विज्ञप्ती मार्फत जानकारी दिनुभयो ।
प्रशिक्षणमा दर्शन ,माक्र्सवादी राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवाद÷साम्यवाद का बिषयमा मोहनवैद्य किरण, रामबहादुर थापा (बादल), हस्तबहादुर केसी, परि थापा, रामसिंह श्रीस, सिताराम तामाङ, जगदिशचन्द्र भण्डारी, दिर्घ पाण्डे, लेखनाथ न्यौपाने, हुकुमबहादुर सिंह, सुरेश आलेमगर र अमृता थापाले धारणा राख्ने जनाइएको छ ।
यस्तै माक्र्सवादी दर्शन र सिद्धान्तका केही महत्वपूर्ण शास्त्रीय रचनाहरुको सार प्रस्तुती र मुलुकको वर्तमान राजनीतिक अवस्था तथा पार्टी नीति, पार्टी÷संगठन आदि विषयहरुमा प्रशिक्षण दिने केसीले बताउनु भयो ।