कांग्रेस महाधिवेशनमा पत्रकारको भुमिका

कांग्रेस महाधिवेशनमा पत्रकारको भुमिका

  • बिहिबार, फाल्गुन १३, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

नेपाली काँग्रेसको यही फागुनमा हुने तेह्राँ महाधिवेशनमा विगतमा सञ्चार तथा पत्रकारिता क्षेत्रबाट लोकतन्त्र र देश हितमा विशिष्ट योगदान दिएका बौद्धिक र परिपक्व प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहने देखिएको छ । नेपालमा लोकतन्त्रको मियोका रूपमा रहेको नेपाली काँग्रेसमा पत्रकारिता तथा सञ्चार पृष्ठभूमिका व्यक्तित्वहरूको वैचारिक र साङ्गठनिक संलग्नता देखिनु सन्तोषको विषय हो ।

अहिलेसम्म जिल्लाहरूबाट प्राप्त विवरणअनुसार पत्रकारिता पेसामार्फत लोकतान्त्रिक आन्दोलनको अग्र मोर्चामा जुटेर राजनीतिक व्यक्तित्व निर्माण गरेका चारजना नेताहरू जिल्ला सभापतिमा निर्वाचित हुनुभएको छ । जिल्ला सभापति हुनुभएकाहरूमा सिन्धुलीका उज्ज्वलप्रसाद बराल, सुर्खेतका कमलराज रेग्मी, काभ्रेपलाञ्चोकका मधुप्रसाद आचार्य र नवलपरासीका विष्णु लामिछाने हुनुहुन्छ ।

त्यस्तै, महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्यमा पनि यस क्षेत्रका चार दर्जनभन्दा बढी व्यक्तित्वको सहभागिता छ ।

नेपाल पत्रकार महासङ्घका पूर्वसभापति एवम् नेपालको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हकको आन्दोलनका अगुवा तारानाथ दाहाल सिन्धुपाल्चोकबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनुभएको छ । यसअघि उहाँ पार्टीको नवौँ, दशौँ र बाह्रौ महाधिवेशनमा पनि निरन्तर महासमिति सदस्य हुनुहुन्थ्यो ।

सिन्धुपाल्चोक क्षेत्र नंं १ बाट पत्रकारिता पृष्ठभूमिका चित्रकुमार मिजार महाधिवेशन प्रतिनिधिमा चुनिनुभएको छ भने पत्रकारिताको अनुभव बटुलेका क्षेत्र नंं १ का महासमिति सदस्य हरिशरण श्रेष्ठ तथा क्षेत्र नंं ३ बाट बद्री चौलागाईं र सागरकुमार श्रेष्ठसमेत प्रतिनिधि चुनिनुभएको छ ।

पत्रकारिता र सञ्चार क्षेत्रको व्यावसायिक एवम् प्राज्ञिक भूमिकामा उल्लेखनीय योगदान भएका झापाका वरिष्ठ पत्रकार लोकराज ढकाल झापा–२ बाट र पत्रकार महासङ्घ झापाका पूर्वअध्यक्ष कृष्ण हुमागाईं झापा क्षेत्र नंं ४ बाट महाधिवेशन प्रतिनिधिमा चुुनिनुभएको छ ।

यसैगरी, सङ्खुवासभाका प्रतिष्ठित पत्रकार कुमारबाबु अधिकारी र दीपेन्द्रमान शाक्य क्षेत्र नंं २ बाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनुभएको छ । नेपाली श्रमजीवी पत्रकारहरूको आन्दोलनका एक सशक्त हस्ती विजयी सन्तोषी राई धनकुटा क्षेत्र नंं १ बाट र सांसदसमेत रहनुभएकी वरिष्ठ पत्रकार अन्जना ताम्ली धनकुटा क्षेत्र नं २ बाट निर्वाचित हुनुभएको छ ।

टेलिभिजन पत्रकारितामा दख्खल राख्ने प्रकाशचन्द्र परियार सुनसरी क्षेत्र नंं २ बाट निर्वाचित हुनुभएको छ । परियार नेपाल प्रेस युनियन र पत्रकार महासङ्घको समेत एक स्थापित नेता हुनुहुन्छ ।

नेपालको विज्ञापन क्षेत्रका एक अगुवा, पुराना पत्रकार एवम् लेखक मित्रसेन दाहाल ओखलढुङ्गा क्षेत्र नं १ बाट निर्वाचित हुनुभएको छ । सो सङ्घमा लामो समयदेखि कार्यकारी निर्देशक रहँदै आउनुभएका भरतलाल न्याछ्योँ ललितपुर क्षेत्र नंं ३ बाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनुभएको छ ।

नेपाली काँग्रेसको शुभेच्छुक संस्था रहेको नेपाल प्रेस युनियनका दुई मुख्य पदाधिकारी उपाध्यक्षद्वय काभ्रेपलाञ्चोक–२ बाट ईश्वरी ओझा र ओखलढुङ्गा–२ बाट बाला अधिकारी महासमिति तथा महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनुभएको छ ।

यस्तै लेखक एवम् पत्रकार केशवराज चौलागाईं दोलखा–२ बाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनुभएको छ भने घटना र विचार साप्ताहिकका प्रधानसम्पादक देवप्रकाश त्रिपाठी धादिङ क्षेत्र नंं ३ बाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनुभएको छ ।

धादिङ क्षेत्र नंं ३ मा पत्रकारिता पृष्ठभूमिकै कृष्ण रिजाल क्षेत्रीय सभापति हुनुभएको छ भने अर्का श्रमजीवी पत्रकार भुवनेश्वर अधिकारी कैलाली क्षेत्र नंं १, घनश्याम भण्डारी दैलेख क्षेत्र नंं २ र नेपाल प्रेस युनियनका स्थापित नेता हरि लम्साल रुपन्देही क्षेत्र नं ४ बाट क्षेत्रीय सभापतिमा निर्वाचित हुनुभएको छ । भण्डारी सहिदपुत्र समेत हुनुहुन्छ ।

पत्रकार एवम् विज्ञापन व्यवसायी रमेश महत नुवाकोट–२ बाट महासमिति सदस्यमा निर्वाचित हुनुभएको छ । उहाँले जिल्ला सभापतिमा समेत प्रतिस्पर्धा गर्नुभएको थियो ।

पत्रकार एवम् राजनीतिक विश्लेषक लोकेश ढकाल काठमाडौँबाट सदा झै यस पटक पनि महाधिवेशनमा प्रतिनिधित्व गर्दै हुनुहुन्छ । यसैगरी, काठमाडौँबाट भाषा सेवीका रूपमा समेत पहिचान बनाउनुभएका पुराना पत्रकार नवीन चित्रकार पनि महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनुभएको छ ।

देशको मध्यभाग चितवनबाट पनि नेपाल प्रेस युनियन आन्दोलनका स्थापित नामहरू विजय शर्मा भुसाल र सरिता केसी पनि महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनुभएको छ । त्यस्तै, कास्कीको क्षेत्र नंं ४ बाट पत्रकार राजबहादुर गुरुङ महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनुभएको छ । यस्तै नेपाल पत्रकार महासङ्घका पूर्व सचिव झपेन्द्र गैरे पाल्पाबाट महाधिवेशन प्रतिनिधिमा निर्वचित हुनुभएको छ । नेपाल प्रेस युनियनमा आबद्ध पाल्पाका युवा नेता हिमाल श्रेष्ठ पनि महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनुभएको छ । पत्रकारिताका प्रशिक्षक तथा सम्पादक जगदीश भट्टराई गुल्मी क्षेत्र नं १ बाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनुभएको छ ।

रेडियो व्यवसायी किरण पौडेल तथा वरिष्ठ पत्रकार जगन्नाथ आचार्य, पत्रकार धीरप्रताप सिंह र विद्यार्थी आन्दोलनसँगै सञ्चार अभ्यासका जुझारु व्यक्तित्व डिल्लीराम सुवेदी बाग्लुङ क्षेत्र नंं २ बाट निर्वाचित हुनुभएको छ । नेपाल पत्रकार महासङ्घ धौलागिरि अञ्चल शाखाका संस्थापकमध्येका एक रामचन्द्र जोशी पर्वतबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनुभएको छ भने पर्वतबाटै सक्रिय पत्रकार महिला मुना भुसाल पनि महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनुभएको छ ।

पत्रकारिता पृष्ठभूमिबाट काँग्रेस राजनीतिमा वर्चस्व कायम गर्नेमा प्यूठान अग्रपङ्क्तिमा छ । प्यूठानका स्थापित पत्रकार देवेन्द्र बर्मा, प्रमोद पोखरेल, विष्णु गिरी र भुवन सुनार महाधिवेशन प्रतिनिधिमा चुनिनुभएको छ भने नेपाल प्रेस युनियन मध्यपश्चिमाञ्चलका नेता देवेन्द्र बर्मा जिल्ला सचिवमा निर्वाचित हुनुभएको छ । नेपाल पत्रकार महासङ्घ डडेल्धुराका संस्थापक एवम् नेपालको विद्यार्थी आन्दोलनका चर्चित नेता नैनासिंह महरा महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनुभएको छ ।

त्यस्तै नेपाल पत्रकार महासङ्घका पूर्वसभापति एवम् वरिष्ठ पत्रकार हेमन्त कर्माचार्य पनि महाधिवेशन प्रतिनिधि हुनुहुन्छ । काठमाडौँबाट प्रेस एवम् प्रकाशन व्यवसायी रीता दवाडी क्षेत्र नंं ९ बाट महाधिवेशनमा निर्वाचित हुनुभएको छ । उपत्यकाकै अर्को जिल्ला भक्तपुरबाट पुराना पत्रकार प्रवीण वन तथा जगन्नाथ कार्की महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनुभएको छ ।

मध्य मधेसको रौतहटबाट नेपाल प्रेस युनियनका अञ्चल सभापति सञ्जयकुमार कार्की क्षेत्र नंं ६ बाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनुभएको छ । राजनीतिक टिप्पणीकार एवम् लेखक शोभाकर पराजुली बाराबाट महाधिवेशन प्रतिनिधिमा चुनिनुभएको छ । उहाँ पार्टीको पूर्व सचेतक एवम् मुख्य सचिवसमेत भइसक्नुभएका नेता हुनुहुन्छ ।

यस्तै पर्साका लोकप्रिय नेता तथा पूर्व जिविस सभापति जनार्दन सिंह क्षेत्री पनि पत्रकारिताका एक पुराना साधक हुनुहुन्छ भने मकवानपुरका पूर्वसभापति रघुरमण न्यौपाने पनि पुराना पत्रकार हुनुहुन्छ । उहाँहरू दुवैजना १३ औँ महाधिवेशन प्रतिनिधि चुनिनुभएको छ । यसैगरी बाँकेका अर्का पत्रकार मेघराज ओली पनि क्षेत्र नंं ४ बाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनुभएको छ ।

विश्वका विभिन्न देशमा रहेका जनसम्पर्क समितिहरूमार्फत करिब १५० प्रतिनिधिले महाधिवेशनमा प्रतिनिधित्व गर्दैछन् । अमेरिकाबाट प्रेस युनियनका पुराना नेता एवम् नेपाल पत्रकार महासङ्घ चितवन शाखाका पूर्वसभापति वेदप्रसाद खरेल महाधिवेशन प्रतिनिधिमा चयन भइसक्नुभएको छ ।

नेपाली पत्रकारिता जगत्मा कुनै बेला नाम कमाएका रामचन्द्र पोखरेल ९तनहुँ०, रमेश लेखक र यज्ञराज जोशी ९कञ्चनपुर०, इन्द्रमणि अधिकारी ९काभ्रे०, नारायण कोइराला ९सुर्खेत०, नारायण भट्टराई ९कालीकोट० तथा नेपाली काँग्रेसको मुखपत्र ‘नेपाल पुकार’को सम्पादन तथा व्यवस्थापनसँग आबद्ध भई सेवा गर्नुभएका प्रदीपराज शर्मा ९दाङ०, डा देवचन्द्र मिश्र ९रौतहट० र वासुदेव तिमल्सिना ९धादिङ०, तीर्थ भट्टराई ९खोटाङ०लगायत कैयौं बौद्धिक व्यक्तित्वहरू १३ औँ महाधिवेशनमा निर्वाचित भएर आउनुभएको छ ।

यसका साथै नेपाली काँग्रेसले पत्रकारिता तथा सञ्चार क्षेत्रको प्रतिनिधित्वलाई बढावा दिन नेपाल प्रेस युनियनलाई एक शुभेच्छुक संगठनका रूपमा महाधिवेशनमा प्रतिनिधित्वको अवसर पनि दिएको छ । युनियनबाट अध्यक्ष बद्री सिग्देल तथा महासचिव अजयबाबु सिवाकोटी, उपाध्यक्ष दीपक आचार्य, कोषाध्यक्ष सरोज अधिकारी र सचिव सूर्य क्षेत्री महाधिवेशन प्रतिनिधिमा चुनिनुभएको युनियनले जनाएको छ ।

यसैगरी नेपाल ट्रेडयुनियन काँग्रेसबाट वरिष्ठ पत्रकार केदार कोइराला तथा नेपाल टेलिकममा आबद्ध महासचिव महेन्द्र यादवले पनि काँग्रेस महाधिवेशनमा प्रतिनिधित्व गर्दै हुनुहुन्छ ।

“पार्टीको १३ औँ महाधिवेशनमा पत्रकारहरूको यो प्रतिनिधित्वले नेपाली काँग्रेस स्वतन्त्रता र नागरिक हकप्रति समर्पित, अभिव्यक्ति स्वतन्त्रताका पहरेदार र प्रबुद्ध सचेत वर्गको प्रतिनिधिमूलक पार्टी भएको हामीलाई अनुभव भएको छ,” नेपाल पत्रकार महासङ्घका पूर्वसभापति एवम् नेपालको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हकको आन्दोलनका अगुवा तारानाथ दाहालले भन्नुभयो ।

दुईसय चालीस निर्वाचन क्षेत्रमध्ये नौ क्षेत्रको अधिवेशन गर्न बाँकी रहेको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

धनुषा जिल्लाको पाँच क्षेत्र, महोत्तरीको तीन क्षेत्र र रसुवा गरी नौ क्षेत्रको क्षेत्रीय अधिवेशन हुन बाँकी रहेको समितिका सचिव जगन्नाथ श्रेष्ठले राससलाई जानकारी दिनुभयो । यी क्षेत्रबाट १०८ महाधिवेशन प्रतिनिधि छनोट हुन बाँकी छ ।

उहाँका अनुसार सिराहा, बारा, पर्सा, डोल्पा, कन्चनपुर, बझाङ, धनुषा, महोत्तरी, सिन्धुपाल्चोक र रसुवा गरी १० जिल्ला अधिवेशन गर्न बाँकी छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी