विश्वलाई नेपाली पहिरन देखाएर फर्किए दिपक

विश्वलाई नेपाली पहिरन देखाएर फर्किए दिपक

  • बिहिबार, फाल्गुन १३, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.5K
    SHARES

अमेरीकाको न्युयोर्कमा नेपाली गहना र पहिरनमा छाटिएका विदेशी मोडेलहरुसंग दौरा– सुरुवाल र ढाका टोपिमा सजिएका दिपक घिमिरलाई ¥याम्पमा देखेपछि त्याहाँ रहेका नेपालीहरुले हुटिङ गरे । हुन पनि विदेशी भुमिको त्यो भिँडमा दिपकले आफुलाई एउटा मौलिक पहिरनमा उभ्याएका थिए । दौरा सुरुवाल र ढाका टोपीमा ¥याम्प उत्रिएका दिपकले नेपाली पहिरनलाई विश्वमै देखाईदिए, त्यो पनि फेसनको रुपमा । उनी सो फेसन विक सकेर भर्खरै नेपाल फर्किका छन् । प्रस्तुत छ, उनै दिपकसंग पत्रकार नवराज कुँवरले गरेको कुराकानीको अंश ।

विदेशीहरुको भिँडमा नेपाली ठिटो दिपक
हामी नेपाली मौलिक छौँ, हामी उत्कृष्ट छौँ भन्ने सन्देश दिँदै कलाकार दिपक घिमिरेले अमेरिकाको न्युयोर्कमा आयोजित फेसन विक ¥याम्पमा नेपाली पोसाकलाई फेसनको रुपमा उतारे । नेपाली मादलको तालमा दौरा–सुरुवाल र ढाका टोपी पहिरिएर दिपक प्रांगणमा आउँदा त्यहाँ रहेका नेपालीहरु दिपकको प्रस्तुति देखेर दंग परे । हुन पनि आफ्नो देशको मौलिक संस्कृति र पहिचान अन्तर्राष्ट्रिय मंचमा देख्न पाउँदा कसको छाती गर्भले उचो नहुँदो हो ।
पछिल्लो समय युवा पुस्तामा नेपाली पहिरन विस्मरण हुँदै गएको भन्ने टिप्पणीहरु हुने गरेका छन् । नेपाली पहिरनलाई विश्व फेसनसंग तुलना गरेर युवा पुस्तामा आफ्नै मौलिक पहिरनप्रतिको ‘क्रेज’ घटेको भन्ने टिप्पणीहरुकाबीच दिपकले विश्वकै फेसनको एउटा नमुना सहर मानिने अमेरीकाको न्युयोर्कमा आयोजित फेसन विकमा नेपाली पहिरनसहित ¥याम्पमा सहभागीता जनाएका थिए । अमेरीकाको न्युयोर्क सिटि फेसन दुनियाँको एउटा नमुना सहर मानिन्छ । विश्वका विभिन्न राष्ट्रहरुबाट आएका कलाकारहरु सहभागी रहेको सो ¥याम्पमा नेपाली पहिरन फेसनको रुपमा पुग्नु अत्यन्तै विशेष मानिएको छ । यसअघि भारतले आयोजना गरेको दुवै ग्लोबल फेस्टिबलको ¥याम्पमा समेत नेपालका तर्फबाट दिपकले प्रस्तुति दिएका थिए ।

दिपकले विभिन्न देशमा नेपाली पहिरनलाई विश्वमा फेसनकै रुपमा चिनाउने गरि एउटा इभेन्ट अर्गनाइजर कम्पनि पनि दर्ता गराएर फर्किएका छन् । अमेरिकका एन्ड्रिस अकिनियोको अध्यक्षतामा एउटा कम्पनिसमेत दर्ता भएको छ त्यसको उपाध्यक्ष हुन् दिपक । दिपक भन्छन् ‘यो कम्पनिमार्फत हामी विश्वका अरु देशहरुमा पनि कार्यक्रमहरु आयोजना गर्न सक्छाँै र नेपाली पहिचानलाई विश्व बचारमा फेसनको रुपमा पस्किन सक्छाँै । राजा घिमिरे, सरस्मिता महर्जन युवराज भट्टलगायतका अग्रजहरु हुनुहुन्छ । उहाँहरु निर्देशक तथा इभेन्ट कोर्डिनेटर हुनुहुन्छ ।’
दिपकले याकमाण्डु फेसन स्टोरबाट झलक कार्कीको डिजाइनलाई फेसन विकको २३ औँ संस्करणमा प्रस्तुत गरेका हुन् । कुटियर फेसन विकमा कार्कीसंगै फेसन डिजाइनका लागि, राइजिङ स्टारबाट ऋषिप्रसाद ढकालले पनि सहयोग गरेका थिए । विदेशी मोडेलहरुलाई नेपाली गहन क्वीन्स डायमण्डले उपलब्ध गराएको उनले बताए ।

मोडेल भएर के गर्छस् भन्थे, आज वाह् दिपक !
मोडेलिङमा प्रवेश गर्दा घरबाट खासै सहयोग नमिलेको बताउने दिपकले आजभोली देशको गरिमा उच्च पार्ने काम गरेको भन्दै घरबाटै वाहवाही पाउने गरेका छन् । भारतको अरुणान्चलमा जन्मिएर पनि नेपाल आएर नेपाली कला, संस्कृतिको जगेर्नाका लागि दिपक क्रियाशिल छन् । ‘हिँजो मोडेल हुँ भन्दा काम चाहिँ के गर्छौ भनेर सोध्नेहरु आज मेरो प्रशंसा गर्छन् खुशी लागेको छ ।’ उनले ।
प्रधानमन्त्रीबाट सम्मान पाएका दिपक
दिपकले बालबालिकाहरुको अन्तरनिहित प्रतिभालाई प्रस्फुटन तथा प्रोत्साहन गर्ने उद्धेश्यले विभिन्न कार्यक्रमहरु समेत चलाईसकेका छन् । नेपाल लिटिस्टार, जुनियर आइकन नेपालजस्ता कार्यक्रमहरु जिल्ला जिल्ला पुगेर संचालन गरेका दिपकले बालबालीकाको प्रतिभालाई प्रोत्साहन गरेको भन्दै तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले सम्मान समेत गरेका थिए । उनले राष्ट्रिय स्तरका कलाकारहरुलाई नेपालभरि नेपाल इफोर इन्टरटेन्टमेन्टको नामबाट दर्जनौँ सांस्कृतिक कार्यक्रमहरुसमेत चलाए ।

देशको इज्जत कुल्चिएर, पैसाको पछि दगुरिन
नाम चलेका नेपाली कलाकारहरु अमेरिका छिरेपछि उतै लुकेर बस्ने परम्परा तोड्दै दिपक ४ महिना अमेरिका बसेर फर्किए । उनले भने, ‘म यू एनको फेसन विकमा नेपालबाट छनौट भएको थिएँ । मैले मोडेलिङ गर्दै गर्दा त्यहाँ मैले एउटा टिम बनाएँ । जसले आगामी दिनमा नेपाली पोसाक, कला संस्कृति र देशको गरिमालाई अझै उचाईमा पु¥याउन सहयोग पुग्ने छ । मैले भाग्ने विचार गरिन किन भने म नेपालको प्रतिनिधित्व गरेर गएको मोडेल थिएँ । मैले मेरो देशको इज्जत कुल्चिएर पैसाको पक्षमा आफुलाई उभ्याउन चाहिन ।’

आगामी दिनमो उनको योजना
आगामी दिनमा प्रतिभाशाली बालबालीकाको क्षमता अभिबृद्धिका कार्यक्रमहरु संचालन् गर्ने उनको योजना छ । साथै विश्वबजारमा नेपालको पहिरनलाई स्थापित गराउने योजना उनले सुनाए । हामी अरुको पहिरन मन पराउँछौँ र लगाउँछौ तर अब हाम्रो पहिरन अरुले मन पराउने र लगाउने बातावरणको विकासमा म लाग्ने छु ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी