काठमाडौ १३ फागुन । तारा एयरको विमान दुर्घटनामा परी मृत्यु भएकाहरुको शव पोखरा ल्याउने तयारी भएको छ । दुर्घटनास्थलमा अहिले शव संकलनको कार्य भइरहेको धौलागिरी अन्चलका एसएसपी छविलाल जोशीले जानकारी दिनुभयो ।
शव संकलनका लागि नेपाली सेना प्रहरी र मृतकका आफन्त आज बिहानै दुर्घटना स्थल पुगेका थिए । दुर्घटनास्थल नजिकै हेलिप्याड बनाएको छ ।
पोखराबाट मुस्ताङको जोमसोमका लागि उडको तारा एयरको ढल्ब्ज्ज् कल साइन भएको ट्वीनेअटर बिमान हिजो बिहान मयाग्दीको दान गाविसस्थित सोलीघोप्टे भिरमा दुर्घटना हुँदा चालक दलका तीन सहित २घ जनाको मृत्यु भएको थियो ।
मृतकमध्ये दुर्घटनास्थलमा अहिलेसम्म १९ जनाको शव संकलन भएको छ । भीरमा अड्किएका शव निकाल्न चार जना पर्वतारोहीको टोली दुर्घटनास्थल पुग्नेक्रममा रहेको कास्की प्रहरीले जनाएको छ ।
अधिकांश शव जलेर पहिचान हुन नसक्ने अवस्थामा रहेको धौलागिरी अन्चलका एसएसपी छविलाल जोशीले जानकारी दिनुभयो । पहिचान हुनसक्ने शव पोष्मार्टम गरी आफन्तको जिम्मा लगाउने र बाँकी शवलाई डिएनए परिक्षणका लागि काठमाडौ ल्याइने जोशीले बताउनु भयो ।