काठमाडौ १३ फागुन ।
नेपाली कांग्रेस केन्द्रिय कार्यसमितिको बैठक आज बस्दैछ । पार्टी केन्द्रिय कार्यलय सानेपामा बस्ने बैठकमा महाधिवेशनको तयारी लगायतका विषयमा छलफल हुने बताइएको छ ।
महाधिवेशन आउन एक साता बाँकी रहेको समयमा निति तथा कार्यक्रम, विधान संशोधन लगायतका विषय अझै टुङ्गोमा पुर्याउन बाँकी छ ।
आजको बैठकमा पार्टी विधानको प्रस्ताव पेश गर्ने संस्थापन पक्षको तयारी छ । यद्यपी देउवा पक्षले पदाधिकारी बढाउने प्रस्तावको प्रतिवाद गर्ने तयारी गरेकाले आजको बैठकमा उक्त प्रस्ताव पेश हुने सम्भावना कम रहेको नेताहरुले बताएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline