धरान,१२ फागुन ।
समाजमा दलित बर्गा प्रति दिनप्रतिदिन हुदै आएको दुब्र्यवहारप्रति सचेत गराउने उदेश्यले दलित उत्थान समन्वय समिति धरानले ब्राह्मण समाजले भेदभाव गरेको प्रति बिरोध जनाएको छ ।
आज धरानको पत्रकार महासंघको सभाहलमा पत्रकार सम्मेलनको आयोजना गरि दलित वर्ग प्रति गरेको भेदभावको बिरुद्धमा सचेत गराउनुका साथै बिरोध समेत जनाएको छ ।
सम्मेलनमा समितिका अध्यक्ष्ँ दिलबहादुर रामदामले बाह्मण समुदायद्धारा आउदो फागुन १३ गते धरानको पिण्डेश्वर महादेबमा सामुहिक बर्तबन्ध तय गरिएको र त्यसमा दलित समुदायका मानिसहरुले पनि सहभागीता जनाउन लाग्दा समाजले भेदभाव पुर्ण रुपमा ब्यवहार देखाउन खोजेको प्रति आफना संगठनको गम्भीर ध्यान समेत आर्कषण भएको समेत बताउनुभयो ।
सामुहिक बर्तबन्धमा दलित समुदायका तर्फबाट बटुकहरु प्रियन बिश्वकर्मा,पिन्चु बिश्वकर्मा,सन्जोग परियार,र सौगात बिश्वकर्माले सहभागीताका लागी अनुरोध गर्दा दलित भएकै कारण कार्यक्रममा सहभागीता नजनाउने मनसाय देखाएको दलित उत्थान समन्वय समितिको आरोप रहेको छ ।