काठमाण्डौ,१२ फागुन ।
बिहानदेखी सम्पर्कबिहिन भएको तारा एयरको बिमान दुर्घटनाग्रस्त अबस्थामा फेला परेको छ । सम्र्पकबिहिन भएको ५ घण्टापछि बिमान म्याग्दीको दाना गाविस १ र २ मा पर्ने सुली घोप्टेभीरको पुच्छरमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो ।
पर्यटन मन्त्री आनन्द पोखरलले विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको र बिमानमा रहेका चालक दलका सदस्यसहित २३ जनाको मुत्यु भएको पुष्टी गर्नुभएको छ । ककरको बुट्टामा बिमान ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
आगो लागेको अवस्थामा बिमान भेटिएको र वरपरको जंगलमा पनि आगो लागेको म्याग्दी प्रहरीका डिएसपी विश्वराज खड्काले जानकारी दिनुभयो । बिहान ७ बजेर ५० मिनेटमा पोखराबाट जोमसोमको लागि उडेको ढल्ब् ज्ज् कलसाईन भएको ट्ीवनअटर विमान १० मिनेटपछि सम्पर्कबिहिन भएको थियो ।
विमानमा रहेका चालकदलका ३ सदस्यसहित २३ जनाको नै मुत्यु भएको छ । बिमानमा २० यात्रुमध्ये २ विदेशी नागरिक र २ बालबालिका रहेका थिए । चालक दलका सदस्यमा पाइलट रोशन मानन्धर, को–पाइलट विकेश नेमकुल र एयरहोस्टेज रमा रावल रहेको पोखरा विमानस्थलका प्रशासकीय अधिकृत काशीनाथ पौडेलले जानकारी दिनुभयो ।