काठमाण्डौ,१२ फागुन ।
सुनको मूल्य आज दुईवर्ष यताकै महंगो भएको छ । आज सूनको मूल्य तोलाको ५६ हजार पुगेको छ । आज सुनको मूल्य तोलामा ३ रुपैयाँले महंगो भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बितेको ५ दिन स्थिर रहेको सुनको मूल्य हिजोे तोला २ सय रुपैयााले महंगो भएर ५५ हजार ७ सय रुपैयाँमा पुगेको थियो । अन्तर्रा्ष्ट्रिय बजारमा सुनको मूल्य पनि बढेको महासंघले जनाएको छ ।
केही महिनादेखि सुनको मूल्यमा वृद्धि हुने क्रम जारी छ । आज तेजावी सुनको मूल्य तोलको ५५ हजार ७ सय ५० रुपैयाँ पुगेको छ । आइतबार चाँदीको मूल्य स्थिर छ । चाँदी आज प्रतितोला ७ सय ३५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline