काठमाडौ १२ फागुन ।
सूचना तथा सञ्चारमन्त्री शेरधन राईले नेपाल टेलिकमको मोबाइल सेवामा एक साताभित्रै सुधारको अनुभूति हुने गरी प्रविधि परिचालन गर्न टेलिकम पदाधिकारीलाई निर्देशन दिनु भएको छ ।
नेपाल टेलिकमका प्रबन्ध निर्देशक बुद्धि आचार्य सहितका उच्च अधिकारीलाई मन्त्रालयमा बोलाइ मन्त्री राईले टेलिकमको मोबाइल सेबाप्रति जनताको गुनासो बढेकाले तत्काल सुधार गर्न निर्देशन दिनु भएको हो ।उहाँले टेलिकम पदाधिकारीसँग सेवा सुधारका लागि भएका विभिन्न प्रयासका बारेमा जानकारी पनि लिनु भएको थियो।
तत्काललाई काठमाडौं उपत्यकालाई विशेष प्राथमिकतामा राखेर एक महिनाभित्र पूर्णरुपमा गुणस्तरीय सेवा उपलब्ध गराउन निर्देशन दिँनु हुदै मन्त्री राईले देशका सबै भू–भागमा थ्रीजी सेवा विस्तार गर्ने कार्यक्रम समेत टेलिकमसँग मागेको मन्त्रालयका प्रेस सल्लाहकार मातृका पौडेलले जानकारी दिनु भयो ।
सो अबसरमा टेलिकमका प्रबन्ध निर्देशक आचार्यले लोडसेडिङका कारण टेलिकमका बिटिएस टावर डाउन हुने हुँदा नेटवर्कमा समस्या आउने गरेको भन्दै पर्याप्त ब्याकअपको काम भइरहेको जानकारी दिनुभयो ।