तारा एयरको विमान म्याग्दीमा दुर्घटना भएको आशंका , खराब मौसमका खोजीमा समस्या

तारा एयरको विमान म्याग्दीमा दुर्घटना भएको आशंका , खराब मौसमका खोजीमा समस्या

  • बुधबार, फाल्गुन १२, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

काठमाण्डौ,१२ फागुन ।

बिहानदेखी हराइरहेको तारा एयरको बिमान म्याग्दीमा दुर्घटनामा परेको आशंका गरिएको छ । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान बिहानदेखी सम्पर्कबिहिन छ । म्याग्दिको दाना गाविस १ चोली घोप्टेभिरमा दुर्घटना भएको आशंका गरिएको हो ।

पोखरा विमानस्थलबाट आज बिहान ७ बजेर ५० मिनेटमा जोमसोमको लागि उडेको ढल्ब्ज्ज् कलसाईन भएको ट्ीवनअटर विमान १० मिनेटपछि सम्पर्क्बिहीन भएको थियो । घोप्टेभिरमा ठूलो आवाज सहित आगोको मुस्लो देखिएको भन्ने स्थानीयको खबरका आधारमा त्यसतर्फ सुरक्षाकर्मी परिचालन गरिएको प्रहरीले जनाएको छ ।

एक स्थानियले प्रहरीलाइ विमान दुर्घटना भएको हुनसक्ने भनि सूचना दिएपछि त्यसतर्फ सुरक्षाकर्मी पठाइएको सुरक्षा अधिकारीले बताएका छन । विमानमा चलकदलका ३ सदस्यसहित २३ जना सवार थिए । २० यात्रुमध्ये २ विदेशी नागरिक र २ बालबालिका छन् ।

चालक दलका सदस्यमा पाइलट रोशन मानन्धर, को–पाइलट विकेश नेमकुल र एयरहोस्टेज रमा रावल रहेको पोखरा विमानस्थलका प्रशासकीय अधिकृत काशीनाथ पौडेलले जानकारी दिनुभयो ।

यसैबिच खराब मौसमका कारण सम्कर्पबिहिन विमानको खोजीमा समस्या भएको छ । बिमानको खोजी तथा उद्धारका लागि गएका दुई वटै हेलिकोप्टर पोखरा फर्किएका छन्। खराब मौसमका कारण खोजीका लागि गएका डाइनेस्टी र नेपाली सेनाको हेलिकोप्टर पोखरा फर्किएका छन । स्थल मार्गबाट सेना, पुलिस र सशस्त्र प्रहरी खोजीमा खटिएका छन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ