काठमाडौ १२ फागुन ।
पोखराबाट मुस्ताङ्गको जोमसोमका लागि उड़ेको तारा एयरको 9NAHH कल साइन भएको ट्वीनअटरे बिमान सम्पर्क बिहिन भएको छ ।
आज बिहान ७ बजेर ५० मिनेटमा पोखरा विमानस्थलबाट मुस्ताङको जोमसोमका लागि उडेको विमान ८ बजेर १५ मिनेटदेखि सम्पर्क बिहिन भएको पोखरा विमानस्थलले जनाएको छ ।
विमानमा १८ जना नेपाली र दुई विदेशीसहित २० जना यात्रु तथा चालक दलका तीन सदस्य गरी २३ जना सवार थिए । यात्रु मध्ये दुई जना बालबालिका समेत रहेको पोखरा विमानस्थलका प्रशासकिय अधिकृत काशिनाथ पौडेलले बताउनुभयो ।
पोखराबाट उडेको १० मिनेटसम्म विमानस्थलमा सम्पर्कमा रहेको र त्यसबेला विमान म्याग्दीको घोरेपानी पुगेको पौडेलले बताउनुभयो । त्यसपछि जोमसोम विमानस्थलमा सम्पर्क हुनुपर्नेमा भएको थिएन ।
हराएको बिमान बारे अनुसन्धान जारि रहेको कास्की प्रहरीले जनाएको छ । अन्तिम पटक अन्नपूर्ण वेशक्याम्प क्षेत्रसम्म सम्पर्कमा रहेको विमानको अहिले जोमसोम र पोखरा दुवै तर्फबाट खोजीकार्य सुरु भएको छ ।