प्रधानमन्त्री ओली आज स्वदेश फर्कदै

प्रधानमन्त्री ओली आज स्वदेश फर्कदै

  • बुधबार, फाल्गुन १२, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

काठमाडौ १२ फागुन । 

प्रधानमन्त्री केपी शर्मा ओली ६ दिने भारत भ्रमण पूरा गरी आज स्वदेश फर्किदै हुनुहुन्छ । भारत सरकारको औपचारिक निमन्त्रणामा ४६ सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै उहाँ गत फागुन ७ गते भारत जानु भएको थियो ।

उहाँ आज राति ११ बजेपछि महाराष्ट्रको मुम्बइ हुदै स्वदेश फर्किने कार्यक्रम रहेको छ । प्रधानमन्त्री ओली नेतृत्वको टोली हिजो गुजरातको भुज हुदै मुम्बइ पुगेको छ ।

उहाँले आज त्यहाँका व्यापारिक घरनासँग अन्तरक्रिया गर्नुका साथै बलिउडका कलाकारसँग भेटघाट गर्नुहुने कार्यक्रम रहेको छ । नेपाली भ्रमण टोली स्वदेश फर्किनु अघि संयुक्त विज्ञप्ती निकाल्ने तयारी समेत भएको छ ।

आज बेलुकी मुम्बइमै पत्राकार सम्मेलन गरी संयुक्त विज्ञप्ती निकाल्ने तयारी भइरहेको प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले जानकारी दिनुभयो । यद्यपी विज्ञप्तीको भाषाबारे भने अझै सहमति हुन बाँकी रहेको बताइएको छ ।

भारत भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले भारतीय समकक्षी नरेन्द्र मोदी, राष्ट्रपति प्रणव मुखर्जी, विदेशमन्त्री सुष्मा स्वराज, राष्ट्रिय सुरक्षा परिषदका सल्लाहकार अजित डोबल लगायतका भारतीय उच्च पदाधिकारीसाग भेट गर्नु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ