काठमाडौ ११ फागुन ।
पार्टी आसन्न महाधिवेशनका तयारी लगायतका विषयमा छलफल गर्न नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक आज बस्दैछ ।
विहान ११ बजे पार्टी कार्यालय सानेपामा बस्ने बैठकमा विधान संशोधान, पार्टीका नीति तथा कार्यक्रम लगायतका विषयमा छलफल हुने केन्द्रीय सदस्य प्रदीप पौडेलले जानकारी दिनुभयो ।
पार्टी सभापति सुशील कोइरालाको निधनपछि औपचारिक रुपमा पहिलो पटक बस्न लागेको केन्द्रीय समिति बैठकले पार्टीको नीति तथा कार्यक्रम पनि तय गर्ने पौडेलले बताउनु भयो ।
आजको बैठकमा आनन्द ढुंगाना नेतृत्वको विधान समितिले केन्द्रीय समितिको आकार बढाउने व्यवस्था सहितको विधान संशोधनको प्रस्ताव पेश गर्ने कार्यक्रम छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline