एमाओवादी स्थायी कमिटीको बैठक आज पनि जारी

एमाओवादी स्थायी कमिटीको बैठक आज पनि जारी

  • सोमवार, फाल्गुन १०, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमाडौ १० फागुन ।

सत्तारुढ दल एकिकृत नेकपा माओवादीको स्थायी कमिटीको बैठक अहिले बसिरहेको छ । अध्यक्ष पुष्पकमल दाहालको लाजिम्पाट स्थित निवासमा जारी बैठकमा बोल्न बाँकी सदस्यहरुले धारणाक्रम जारी रहेको बताइएको छ ।

सदस्यहरुले बोल्नेक्रम सकिएपछि आजै अध्यक्ष दाहालले धारणा राख्ने कार्यसुची रहेको पार्टी प्रवक्त दिनानाथ शर्माले जानकारी दिनुभयो ।

गत शुक्रबारदेखि जारी बैठकमा बोल्ने अधिकांश नेताहरुले सरकारको समग्र कार्यशैलीको समिक्षा गर्दै आलोचना गरेका छन् । उनीहरुले सत्ता साझेदार दलसँग सरकारको सम्बन्ध तथा व्यवहारको समेत आलोचना गरेका हुन् ।

यसअघि हिजोको बैठकमा पनि सरकारमा सहभागी पार्टीका नेताहरुको कार्यशैलीबारे छलफल भएको थियो । नयाँ संघिय संरचना अनुसार कार्यविभाजन गरेको एमाओवादीले स्थायी कमिटी बैठकबाट नयाँ कार्ययोजना ल्याउने तयारी समेत गरेको प्रवक्त शर्माले बताउनु भयो

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ