पेट्रोल सहज नभए अख्तियारले  कार्बाही गर्ने

पेट्रोल सहज नभए अख्तियारले  कार्बाही गर्ने

  • आइतवार, फाल्गुन ९, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

काठमाण्डौ, ९ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्काल पेट्रोलियम पदार्थको वितरण सहज नभए नेपाल आयल निगम प्रबन्ध निर्देशक गोपालबहादुर खडकासहितका उच्च अधिकारीलाई कारबाही गर्ने चेतावनी दिएको छ ।

नाकाबन्दी खुलेपछि पेट्रोलियम पदार्थ र ग्यासको आयात सहज भए पनि उपभोक्ताले सहज रूपमा पाउन नसकेको र कालोबजारी बढेको गुनासो र उजुरी आएपछि अख्तियारका पदाधिकारीले निगमका खडा र निर्देशक मुकुन्द्रप्रसाद घिमिरेलाई आज बोलाएर त्यस्तो चेतावनी दिनु भएको हो ।

अख्तियारका पदाधिकारीले पेट्रोलियम पदार्थको वितरण पारदर्शी नभएको, उपभोक्ता लामो लाइनमा बस्नुपरेको र अझै पनि कालोबजारी मौलाइरहेको भन्दै तत्काल समस्या समाधान गर्न निगमका अधिकारीलाई निर्देशन दिनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी