भीमदत्तनगर, ९ फागुन ।
नेपाली कांग्रेसका सभापति स्व सुशील कोइरालाको अस्तु आज महाकाली नदीमा विसर्जन गरिएको छ ।
पूर्वप्रधानमन्त्री कोइरालाको १३औँ दिनको पुण्यतिथिमा अवसर पारेर महाकाली नदीको भुजेला घाटमा अस्तु विसर्जन गरिएको हो ।
कांग्रेस कञ्चनपुरका पार्टी सभापति एवम् सांसद बहादुरसिंह थापाले काठमाडौँबाट ल्याइएको पूर्वप्रधानमन्त्री कोइरालाको अस्तु कञ्चनपुरको भीमदत्तनगरपालिका–११ भुजेलास्थित महाकाली नदीमा विसर्जन गरेका हुन् ।
सो अवसरमा पार्टी सचिव भोजराज बोहरालगायत जिल्लास्तरीय नेता तथा कार्यकर्ताको सहभागिता थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline