भारत भ्रमणबाट राजनीतिक र आर्थिक क्षेत्रमा उपलब्धि – सांसद

भारत भ्रमणबाट राजनीतिक र आर्थिक क्षेत्रमा उपलब्धि – सांसद

  • आइतवार, फाल्गुन ९, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

दिल्ली, ९ फागुन ।

प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण टोलीमा सहभागी विभिन्न दलका संसद्ले भ्रमणबाट दुई देशबीचको सम्बन्ध सुधार भई राजनीतिक र आर्थिक क्षेत्रमा उपलब्धि भएको प्रतिक्रिया दिनुभएको छ ।

सांसदहरुले आज रासससँग कुरा गर्दै भारतसँगको मित्रतालाई पुरानै अवस्थामा फर्काएर द्विपक्षीय सम्बन्धमा उचाइ प्रदान गर्ने प्रधानमन्त्री ओलीले भ्रमण गर्नुअघि तय गर्नुभएको लक्ष्यअनुसार नै भारतबाट व्यवहार प्रदर्शित भएको बताउनुभयो । मधेसी जनाधिकार फोरम नेपाल ९लोकतान्त्रिक०का नेता तथा सांसद् जितेन्द्रनारायण देवले तराईमा सडक पूर्वाधार निर्माण र विशाखापतन्मबाट रेलमार्गको उपयोग र बङ्गलादेशको सिङ्हवाद भएर उक्त मार्गको सुविधा पाउने लगायतका समझदारी महत्वपूर्ण रहेको धारणा राख्नुभयो ।

नेता देवले भन्नुभयो, “प्रधानमन्त्री ओलीको भारत भ्रमणबाट दुई देशबीचको सम्बन्धमा उल्लेखनीय उपलब्धि भएको छ । यो एक प्रकारको गुणात्मक फड्को हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको राजनीतिक समस्याबारे सबैसँग संवाद र सहमति गर्न दिनुभएको सन्देशलाई पनि मुख्य दलले गम्भीरताका साथ लिनुपर्छ ।”

नेकपा ९एमाले०का सांसद् लालबाबु यादवले प्रधानमन्त्री ओलीको राजकीय भ्रमणबाट आपसी असमझदारी हटेको बताउँदै यसबाट नेपालको आर्थिक र सामाजिक क्षेत्रको विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

एमाओवादीका प्रमुख सचेतक हितराज पाण्डेले नेपाल र भारतबीचको परम्परागत सम्बन्धको निरन्तरतासँगै नयाँ स्थितिमा प्रधानमन्त्री ओलीको भ्रमणले सम्बन्धमा केही समय अघिदेखि देखिएको गत्यावरोध अन्त्य गराएको विचार व्यक्त गर्नुुभयो ।

नेकपा ९माले०का सांसद अइन्द्रसुन्दर नेम्वाङले पनि जारी भ्रमणले तीक्ततापूर्ण सम्बन्धलाई मित्रतामा रुपान्तरण गरेको प्रतिक्रिया दिनुभयो ।

भ्रमण दलमा एमालेका प्रमुख सचेतक भानुभक्त ढकाल, डा राजन भट्टराई, राप्रपाका विक्रम पाण्डे र सांसद सीमा विक पनि सम्मिलित हुनुहुन्छ । भ्रमणमा करिब एक दर्जन सांसद सहभागी हुने तय भए पनि अन्तिम समयमा केही सांसदले भम्रण रद्द गर्नुभएको हो ।

नेपाली काँग्रेसका नेत्री तथा पूर्वउपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री सुजाता कोइराला, सोही पार्टीका सहमहामन्त्री पूर्णबहादुर खड्का र सद्भावना पार्टीका सांसद डा डिम्पलकुमारी झाले अन्तिम समयमा भ्रमण रद्द गर्नुभएको बुझिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी