काठमाण्डौ,२९ फागुन ।
सिँचाइमन्त्री उमेशकुमार यादवले स्वतन्त्रताको नाममा मुलुकको विखण्डन गर्न खोज्नेमाथि सरकारले कारबाही गर्ने बताउनु भएको छ ।
क्रान्तिकारी पत्रकार संघ सप्तरीले आज बिहान राजविराजमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री यादवले मुलुकको विखण्डन गर्न खोज्नेमाथि सरकारले कारबाही गर्ने चेतावनी दिनुभयो ।
सीमाङ्कनको विषय टुङ्गो लगाउन हालै गठित उच्चस्तरीय संयन्त्रको संयुक्त लोकतान्त्रिक मोर्चाले विरोध गर्न उचित नभएको जिकिर गर्दै यादवले मोर्चाका नेतालाई संयन्त्रमा सहभागी हुन आग्रह गर्नुभएको छ । उहाले तराई–मधेस सिँचाइ विशेष कार्यक्रम र जलउत्पन्न तथा नदी नियन्त्रण लगायतका कार्यक्रमको निरीक्षण पनि गर्नुभएको छ ।
मन्त्री यादबले सप्तरीमा हालै घोषणा गरिएको सिँचाइयुक्त गाविस र नगरपालिकामा ३६५ दिन नै सिँचाइ रहने हुँदा त्यसका लागि विशेष कार्यक्रम ल्याउन जिल्लास्थित सम्बन्धित कार्यालय प्रमुखलाई निर्देशन पनि दिनुभएको छ।