काठमाडौं ९ फागुन ।
तत्कालीन पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालाको निधन भएको १३ औं दिनको पुण्यतिथिका अवसरमा नेपाली कांग्रेसले आज देशभर श्रद्धान्जली सभाको आयोजना गरेको छ ।
कार्यक्रममा सहभागी हुन केन्द्रबाट अस्तु सहित केन्द्रीय सदस्य तथा नेताहरू जिल्ला पुगेका छन् । कांग्रेस केन्द्रीय कार्यालयको निर्णयअनुसार ७५ ओटै जिल्लाको सदरमुकाममा श्रद्धाञ्जलि कार्यक्रम गर्न लागिएको हो ।
तिथिका हिसाबले १३ औं दिनको कार्यक्रम भने हिजो नै गरिएको परिवारले जनाएको छ । कोइरालाको गत माघ २६ गते बिहान निधन भएको थियो ।
कोइरालाको निधनमा पार्टीको जारी महाधिवेशनका कार्यक्रम समेत माघ मसान्तसम्म स्थगित भएका थिए । १३ दिनसम्म पार्टीका कुनै पनि औपचारिक कार्यक्रम गरिएका छैनन् । भोलिबाट कांग्रेसले महाधिवेसन केन्द्रित औपचारीक कार्यक्रम गर्नेछ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline