भारतमा रहनु भएका प्रधानमन्त्री ओली आज उत्तराखण्ड जाँदै

भारतमा रहनु भएका प्रधानमन्त्री ओली आज उत्तराखण्ड जाँदै

  • आइतवार, फाल्गुन ९, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

काठमाडौ ९ फागुन ।  

भारत भ्रमणमा रहनु भएका प्रधानमन्त्री केपी शर्मा ओली आज उत्तराखण्ड जाँदै हुनुहुन्छ ।

विश्वकै लामोमध्येको एक उत्तराखण्डस्थित भगिरथी नदी नजिकको एक हजार मेगावाटको तेरी जलविद्युत् बाँधको अवलोकनका लागि उहाँ त्यसतर्फ प्रस्थान गर्न लाग्नु भएको हो ।

प्रधानमन्त्री ओली आजै नयाँदिल्ली फर्केर राजनीतिक दलका नेतासँगको भेटघाटमा गर्ने कार्यक्रम रहेको छ । यसअघि हिजो उहाँले भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्नुभएको थियो ।

सो क्रममा उहाँले १९५० को सन्धि पुनरावलोकनको प्रस्ताव गर्नु भएको बताइएको छ । प्रधानमन्त्री ओलीको प्रस्तावमा भारतीय प्रधानमन्त्री मोदीले पनि सकारात्मक प्रतिक्रिया दिनुभएको उहाका प्रमुख सल्लाहकार विष्णु रिमालले जानकारी दिनुभयो ।

दुवैतर्फका उच्चस्तरीय व्यक्तिहरुको समेत संलग्नता रहेको वार्तामा प्रधानमन्त्रीले कालापानी र सुस्तामा नेपाली भूमी अतिक्रमण भएको प्रसंग पनि उठाउनु भएको रिमालले बताउनु भयो ।

उहाँले आज भारतस्थित नेपाली दूतावासमा नेपाली समुदाय र सञ्चारकर्मीसँग अन्तक्रिया गर्ने कार्यक्रम पनि रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी