धरान सडक उत्सव सुुरु

धरान सडक उत्सव सुुरु

  • आइतवार, फाल्गुन ९, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

धरान ९ फागुन ।  घुम्न जाउ धरान भन्ने नारा सहित १२ औं धरान सडक उत्सव शुरु भएको छ । पर्यटन प्रर्वद्धन एवं विकास गर्ने उद्देश्यले होटल एशोसिएशन अफ धरानले उत्सव आयोजना गरेको हो ।

हिजोबाट सुरु भएको उत्सव तीन दिन सम्म सञ्चालन हुनेछ । उत्सव एक समारोहबीच सँस्कृति, पर्यटन तथा नागरिक उड्यान राज्यमन्त्री वलबहादुर महतले गर्नुभएको थियो ।

उत्सव स्थलमा विभिन्न प्रकारका ८२ वटा स्टलहरु राखिएको छ । धरान १२ स्थित चतरालाइनमा रहको उत्सवस्थलमा धरानको उत्पादन, जातीय खानाको परिकार, घरायसी सामानको सस्तो बजार, फोटो प्रर्दशनी, पुस्तक, जडीबुटी औषधीलगायत स्टलहरु रहेको आयोजकले जनाएको छ ।

पर्यटनसम्बद्ध प्याराग्लाइडिङ, तथा ¥याफटीङको पनि जानकारीमुलक स्टल राखिएको छ भने सोहीस्थानमा बुकिङको सुविधा पनि दिइएको छ ।

उत्सवमा साँगीतिक तथा साँस्कृतिक कार्यक्रम समेत भईरहेको छ । उत्सव अवधिभर दौड प्रतियोगिता, विभिन्न खानेकुरा खाने प्रतियोगिता, पिउने प्रतियोगिताहरु पनि हुनेछन् ।

करिब अढाई लाख पर्यटकले अवलोकन गर्ने अपेक्षा गरिएको उत्सवको मुल संयोजक उमेश मास्केले जानकारी दिनुभयो । उत्सव अवसरमा एशोसिएशनमा आवद्ध होटल व्यावसायीहरुले रेष्टुरेष्ट र लजमा पर्यटकहरुलाई बिशेष छुटको घोषणा गरेका छन् ।

एशोसिएशनका अध्यक्ष सुवर्ण श्रेष्ठका अनुसार पर्यटकहरुले लजमा २० प्रतिशत छुट पाउनेछन् । सडक उत्सवमा आउने पर्यटकहरुलाई लक्षित गरेर आयोजकले धरान, आसपासका पर्यटकीय क्षेत्रसँगै इलाम जिल्लालाईसमेत समेटेर अढाई घण्टादेखि एक रात दुई दिनसम्मको प्याकेज तयार गरेको जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी