मोर्चाका शिर्ष नेताका कारण मधेस आन्दोलन असफल : मधेशी नेता

मोर्चाका शिर्ष नेताका कारण मधेस आन्दोलन असफल : मधेशी नेता

  • शनिबार, फाल्गुन ८, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

काठमाडौँ ८ फागुन । 

मधेसी मोर्चाका शिर्ष नेताहरुका कारण मधेस आन्दोलन अधिकार प्राप्त नगरी समाप्त भएको एक कार्यक्रमका बक्ताहरुले बताएका छन् ।

शनिबार काठमाडौँको संवाद डबलीमा मधेसी जनता पार्टीको बुद्धिजीबि विभागले आयोजना गरेको ‘संविधान संशोधनले मधेसीको अधिकार सुनिश्चितता, सम्भावना र विकल्प’ विषयक अन्तरक्रिया कार्यक्रममा उनीहरुले सो कुरा बताए हुन् ।

देशभक्त संघीय जनवादी मोर्चाका अध्यक्ष तिलक परियारले भारतको सहयोगमा मधेसी जनताले अधिकार पाउँछन् भन्ने भ्रम छरेको भन्दै अधिकार मधेसीकै बलबुताले पाउने बताए । ‘स्वाघोषित शिर्ष नेता बनेकाहरुबाटै मधेस आन्दोलन सफलतामा पुग्न सकेको छैन’ अध्यक्ष परियारले भने ।

अधिकारको लागि लड्नेहरु कहिलै राष्ट्रघाती र विखण्डनकारी नहुँने भन्दै परियारले ‘नेपालमा ढाका टोपी र दौरा–सुरुवाल लगाउनेहरुबाटै राष्ट्रघात भएको छ, धोती लगाउँनेहरुले अहिलेसम्म राष्ट्रघात गरेका छैनन’ भने । उनले अहिलेका मधेसी मोर्चाका नेताहरुबाट भने खतरा रहेको बताए ।

पूर्वमन्त्री तथा नेकपा संयुक्तका अध्यक्ष गणेश साहले तीन पार्टीले मधेसीसँग छलफल नै गरी संविधान संशोधन गरेकाले समस्या समाधन नहुँने बताए । ‘शासक आन्दोलनकारीलाई अधिकार दिने भन्दापनि फुटाएर असफल बनाउँन लाग्छ अहिलेपनि फुटाएर आन्दोलन असफल बनाइएको छ’ साहको भनाई थियो ।

कार्यक्रममा डा. रामेश्वर सिंहले विखण्डनबाट मधेसको विकास नहँुने बताउँदै मधेसी विखण्डनको पक्षमा नरहेको बताए । कालोबजारीयालाई फाइदा पुग्ने गरी भारतले गरेको नाकाबन्दीले सबैभन्दा बढि मार मधेसीलाई परेको सिंहले विचार व्यक्त गरे ।

उनले अधिकार नपाएसम्म आन्दोलन जारी राख्नु पर्ने बताए । प्रा.डा. निरन्जन झाले संविधान संशोधन हात्तिको देखाउँने दात मात्र भएको भन्दै मधेसको समस्या समाधान नभएको बताए । त्यस्तै मोहमद अलीले मधेसी जनता नेपाली नागरिक भएपनि मधेसमा आगो लाग्दा र मानिस मर्दा समेत काठमाडौँले कुनै मतलब नराखेको बताए ।

अभिबक्ता रोषन झाले मधेसी मोर्चाले मधेसी जनतालाई धोका दिएको भन्दै नयाँशक्ति नआएसम्म मधेसीको अधिकार सुनिश्चित नहुँने बताए । मधेसी जनता पार्टीको बुद्धिजीवि विभागको संयोजक सियाराम साहले पटकपटक असफल भएको मधेस आन्दोलनको आफूहरुले नेतृत्व गर्ने बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ