भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री ओली आजबाट औपचरीक भेटवार्तामा

भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री ओली आजबाट औपचरीक भेटवार्तामा

  • शनिबार, फाल्गुन ८, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

काठमाडौं, ८ फागुन ।

६ दिने औपचारिक भारत भ्रमणका लागि दिल्ली पुग्नु भएका प्रधानमन्त्री केपी शर्मा ओलीले आज केहि महत्वपुर्ण भेटवार्ता गर्दै हुनुहुन्छ ।

प्रधानमन्त्री ओलीले आज भारतीय राष्ट्रपति प्रणव मुखर्जी, प्रधानमनत्री नरेन्द्र मोदीलगाएतसंग भेटवार्ता गर्दैहुनुहुन्छ ।
विहान १० बजेपछि राष्ट्रपतिभवनमा प्रधानमन्त्री ओलीको औपचारीक स्वागतपछि भेटवार्ता सुरु हुनेछ ।

प्रधानमन्त्री ओलीले विहान साढे दश बजे राष्ट्रपतिभवनमै विदेशमन्त्री सुष्मा स्वराजसंग छलफल गर्नुहुनेछ भने मध्यान्ह १२ बजे भारतीय समकक्षी नरेन्द्र मोदीसंग हैदरावाद हाउसमा भेटवार्ता गर्ने कार्यक्रम रहेको उहाँका पे्रस सल्लाहकार प्रमोद दहालले जानकारी दिनुभयो ।

समकक्षी मोदीले प्रधानमन्त्री ओलीको सममानमा दिवाभोजको आयोजना समेत गर्नुभएको छ ।

भेटवार्तापछि दिउसो १ बजे हैदराबाद हाउसमा केहि महत्वपुण समझदारी पत्रमा हस्ताक्षर हुने बताइएको छ । प्रधानमन्त्री ओलीले अपराह्न ४ बजे भारतीय गृहमन्त्री राजनाथ सिंह, साढे ४ बजे उपराष्ट्रपति हमिद अन्सारी, त्यसपछि वित्तमन्त्री अरुण जेट्ली र साँझ ५ बजे राष्ट्रपति प्रणब मुअर्जीसंग औपचारीक भेटवार्ता गर्नुहुनेछ ।

पछिल्लो समय दुई देशबीच चिसिएको सम्बन्ध सुधारका लागि प्रधानमन्त्री ओली भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा हिजो अपराह्न ५१ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै पहिलो औपचारिक भ्रमणका लागि नयाँ दिल्ली पुग्नु भएको थियो ।

यसैबीच भारतस्थित नेपाली दूतावास अगाडि प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झन्डा देखाउन पुगेका दर्जनौं प्रदर्शनकारीलाई भारतीय प्रहरीले पक्राउ गरेको छ ।

दिल्लीमा रहेका नेपाली विद्यार्थीहरुले मधेसमा भएको पाँच महिना लामो आन्दोलनमा ५० जनाभन्दा बढीले ज्यान गुमाएको विरोधमा प्रधानमन्त्री ओलीलाई कालो झण्डा देखाएको बताएका छन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ