नारायणगोपालका तस्बिर प्रदर्शनी सुरु

नारायणगोपालका तस्बिर प्रदर्शनी सुरु

  • शुक्रबार, फाल्गुन ७, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

काठमाडौँ, ७ फागुन ।

स्वरसम्राट् नारायणगोपालको २५औँ स्मृति वर्षका अवसरमा नारायणगोपालको युवा अवस्थादेखि मृत्युसम्मका विभिन्न ३०० तस्बिर प्रदर्शन गरिएको छ ।

सांस्कृतिक सङ्ग्राहलय नेपालले बबरमहलस्थित नेपाल कला परिषद्मा आयोजना गरेको सो प्रदर्शनी यही फागुन ११ गतेसम्म सञ्चालन हुनेछ । नारायणगोपाल सङ्गीत कोषको विशेष सहयोगमा आयोजना गरिएको प्रदर्शनीको नारा ‘युगपुरूषलाई सम्झौँ, युगपुरूषलाई सम्मान गरौँ !! भन्ने रहेको छ ।

प्रदर्शनीले नारायणगोपालको साङ्गीतिक क्षेत्रसँग जोडिएको अटुट सम्बन्धका बारेमा एकाकार गराउने भएकाले त्यो समकालीन पुस्ताका लागि मात्र नभएर युवापुस्ताका निम्तिसमेत उपयोगी सावित हुने अपेक्षा गरिएको सङ्ग्रहालयका अध्यक्ष क्षितिजअरूण श्रेष्ठले जानकारी दिनुभयो ।

प्रदर्शनीमा नारायणगोपालले साङ्गीतिक कार्यक्रमका क्रममा नेपालका विभिन्न स्थान र भारत, बङ्गलादेश, म्यान्मा, चीन, थाइल्यान्ड, हङकङ लगायात मुलुकमा भ्रमण गर्दाका विभिन्न तस्बिर राखिएको छ । विसं १९९६ असोज १८ गते जन्मिनुभएका नारायणगोपाल गुरुवाचार्यको विसं २०४७ मङ्सिर १९ गते निधन भएको थियो ।

प्रदर्शनीको उद्घाटन गर्दै सूचना तथा सञ्चारमन्त्री शेरधन राईले युगपुरुषहरुलाई तिनको सिर्जना मार्फत जीवित राख्नुपर्नेमा जोड दिनुभयो । सभासद् तथा मदन भण्डारी स्पोर्टस एकेडेमीका अध्यक्ष विनोद श्रेष्ठले युगपुरुषहरुको इतिहास संरक्षण गर्न आफ्नो संस्था जुनसुकै योगदान दिन तयार छ भन्नुभयो ।

नेपाली गीतसङ्गीत अध्येता प्रकाश सायमीले आफ्नो जीवनकालमा नारायणगोपालले एक सय सन्ताउन्न गीत गाएकामा ५७ गीतको सङ्गीत आपैmँले भरेको जानकारी दिँदै विसं २०१८मा नेपाली गीत सङ्गीत गरेको स्वरसम्राट्ले नेपाली गीतको सरलीकरण र मानकीकरण गरेको विचार व्यक्त गर्नुभयो । उहाँले नारायणगोपालका बहुआयामिक व्यक्तित्व भएकाले छरिएर रहेका उनका तस्बिरहरु सङ्कलन गर्नुपर्नेमा जोड दिनुभयो । नारायणगोपाल सङ्गीत कोषका महासचिव उषा शेरचनले पोखरा बसाइका उनका तस्बिरहरु खोजिने बताउनुभयो ।

सङ्ग्रहालयले यसअघि लौहपुरूष गणेशमान सिंह, जननेता मदन भण्डारी र जननायक बिपी कोइरालाका तस्बिर प्रदर्शन गरिसकेको छ । आगामी दिनमा गोरखा भूकम्प, गिरिजाप्रसाद कोइराला र औद्योगिक क्षेत्रसँग सम्बन्धित तस्बिर प्रदर्शनीमा राखिनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ