६ दिने भारत भ्रमणका लागि प्रधानमन्त्री ओली आज दिल्ली जाँदै

६ दिने भारत भ्रमणका लागि प्रधानमन्त्री ओली आज दिल्ली जाँदै

  • शुक्रबार, फाल्गुन ७, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

काठमाडौ ७ फागुन ।  

प्रधानमन्त्री केपी शर्मा ओली ६ दिने भारत भ्रमणका लागि आज दिल्ली जाँदै हुनुहुन्छ ।

भारतीय समकक्षी नरेन्द्र मोदीको विशेष निमन्त्रणामा उहाँ ४६ सदस्यीय जम्बो टोलीको नेतृत्व गर्दै अपरान्न ३ बजे त्यसतर्फ प्रस्थान गर्न लाग्नु भएको हो ।

प्रजातन्त्र दिवसका अवसरमा राजधानीको सैनिकमन्चमा आयोजना हुने कार्यक्रममा सहभागी भएपछि प्रधानमन्त्री ओली नेपाल एयरलाइन्सको विमानबाट दिल्ली प्रस्थान गर्ने कार्यक्रम छ ।

दुई देशबीचको सम्बन्ध सुधारमा भ्रमण केन्द्रित हुने बताइएको छ । भारत बसाइमा ओलीले भारतीय राष्ट्रपति प्रणव मुखर्जी, भारतीय समकक्षी नरेन्द्र मोदी, भारतीय राजनीतिक दलका शीर्ष नेताहरु लगायतसँग भेटघाट गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री ओलीको भ्रमणका क्रममा भारतले उपलब्ध गराउने ७५० मिलियन डलर सहुलियतपूर्ण ऋण तथा भूकम्प पछिको पूनर्निर्माणका लागि दिने भनिएको एक अर्ब अमेरिकी डलर सहयोग सम्झौतामा हस्ताक्षर हुनेछ ।

यसैगरी ५ अबै बराबरको हुलाकी राजमार्ग पाँच लेनमा विस्तार गर्नेसम्बन्धी समझदारीपत्रमा समेत हस्ताक्षर हुने बताइएको छ । प्रधानमन्त्री ओली आगमी फागुन १२ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ