आज ६६ औं प्रजातन्त्र दिवस

आज ६६ औं प्रजातन्त्र दिवस

  • शुक्रबार, फाल्गुन ७, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

काठमाडौ ७ फागुन ।  आज ६६ औं प्रजातन्त्र दिवस, प्रजातन्त्र स्थापनाका लागि प्राण आहुती दिने सहिदहरुको विशेष सम्झना गर्दै आज देशभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाईदैछ ।

जहानियाँ राणा शासनको अन्त्य गरी देशमा प्रजातन्त्र उदय भएको दिनको सम्झनामा हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाउने गरिन्छ ।

तत्कालिन राजा त्रिभुवनले जाहनिया राणा शासनको अन्त्य भएपछि मुलुकमा प्रजातन्त्र उदय भएको घोषणा गर्नु भएको थियो । दिवसका अवसरमा गृहमन्त्रालयले राजधानीको सैनिक मन्चमा विशेष कार्यक्रमको आयोजना गरिएको छ ।

यसैबीच दिवसका अवसरमा राष्ट्रपति विद्यदेवी भण्डारीले शुभाकामना दिनु भएको छ । उहाँले ६६ औँ प्रजातन्त्र दिवसले सबै नेपालीलाई लोकतन्त्रको आधारभूत मूल्य र मान्यता आत्मसात् गर्दै अघि बढ्न प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ ।

जनताको चाहना एवम् त्यागका कारण देशले प्राप्त गरेको संविधानको कुशल कार्यान्वयन गरी आर्थिक सामाजिक समृद्धितर्फको यात्रा तय गरेर लोकतन्त्रको सुदृढीकरणका साथै प्रजातन्त्र दिवस तथा सहिदको उच्च कदर गर्नुपर्नेमा राष्ट्रपतिले जोड दिनुभएको छ ।

यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताको सङ्घर्षबाट निरङ्कुश शासनको अन्त्य गर्दै प्रजातन्त्र प्राप्त गरेको ऐतिहासिक दिनको उपलक्ष्यमा नेपाली दाजुभाइ तथा दिदीबहिनीमा शुभकामना व्यक्त गर्नुभएको छ ।

लोकतन्त्र, न्यायपूर्ण, स्वतन्त्र र समुन्नत नेपाल निर्माणका लागि २००७ सालअघि र पछिका जनआन्दोलनमा सहादत प्राप्त गर्नुहुने सहिदप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुहुदै उहाँले सात सालदेखि नेपाली जनताले गरेको सङ्घर्षको परिणाम स्वरुप जननिर्वाचित संविधानसभाबाट संविधान जारी भएको उल्लेख गर्नुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ