काठमाण्डौ,६ फागुन ।
सिमांकनको विषय टुंगो लगाउन गठन हुने भनिएको राजनीतिक समितिको कार्य्विधी तय गर्ने प्रयास स्वरुप कार्यदल स्तरमा आजपनि छलफल हुदैछ ।
प्रधानमन्त्रीको भारत भ्रमण अगावै गठन गर्ने भनिएको राजनीतिक समितिको कार्य्विधीका सम्बन्धमा रहेका विवाद मिलाउन कंग्रेस एमाले र एकिकृत माओवादी तथा मधेशी मोर्चाबीच कार्यदलस्तरमा छलफल हुन लागेको हो।
दुइ कार्यदलको संयुक्त बैठक बिहान बस्ने तय भएपनि मन्त्रिपरिषद् बैठकका कारण केही ढिलाई भएको कार्यदल सदस्य एवं एमाले नेता भीम रावलले जानकारी दिनुभयो । बैठक केहीबरेमा बस्ने बताइएको छ ।
मधेशी मार्चाले समितिको कार्य्विधीमा तराई मधेशमा दुई प्रदेश भन्ने शब्दावली नराखे समितिको अस्तित्व अस्वीकार गर्ने बताईसेकेको छ । हिजो बसेको बैठकमा मध्यमार्गी उपाए निकाल्नेबारे छलफल भएको थियो ।
यता मोर्चाले भने सहमति गर्ने मानसिकताका साथ बैठकमा उपस्थित हुन प्रमुख तीन दलको कार्यदललाई आग्रह गरेको छ ।