काठमाण्डौ,६ फागुन ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भारत भ्रमणका क्रममा दुई देशबीच बिग्रिएको सम्बन्धलाई समझदारीमा फर्काउने विषयलाई प्राथमिकतामा राखिने बताउनु भएको छ ।
भ्रमण दलमा सहभागी सदस्यहरूलाई प्रधानमन्त्री ओलीले बालुवाटारमा बोलाएर नेपालको सम्मान र गरिमा बढ्ने गरी प्रस्तुत हुन निर्देशन दिनुभएको छ ।
भारत सरकारले यस भ्रमणलाई विशेष महत्व र गम्भीरताका साथ लिएकाले दुई देशबीचको सम्बन्ध सुधारमा नयाँ आयाम थपिने उहाको बिश्वास छ ।
यसैबिच प्रधानमन्त्रीको भारत भ्रमणबारे छलफल गर्न मन्त्रिपरिषद बैठक अहिले बसीरहेको छ । बालुवाटारमा जारी बैठकमा प्रधानमन्त्री ओलीको भारत भ्रमणको एजेण्डालाई अनुमोदन गर्ने बताइएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री ओली ४६ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भोली अपरान्न भारत भ्रमणमा जाँदै हुनुहुन्छ ।