काठमाण्डौ,५ फागुन ।
कांग्रेस काठमाडौं सभापतिमा सबुज बानियाँ निर्वा्चित हुनुभएको छ ।
आज भएको मतगणनामा निवर्तमान सभापति भीमसेनदास प्रधानलाई ९१ मतले हराउँदै बानियाँ निर्वा्चित हुनुभएको प्रमुख मतदान अधिकृत श्याम ढुंगेलले जानकारी दिनुभयो ।
अधिवेशनमा संस्थापनबाटै प्रधान र बानियाँको समूह प्रतिस्पर्धामा थियो । प्रधानलाई काठमाडौंका कांग्रेस केन्द्रीय नेताहरु नरहरि आचार्य र गगन थापा तथा बानियाँलाई प्रकाशमान सिंहको समर्थन थियो ।
अधिवेशनबाट सचिव र कोषाध्यक्ष पनि बानियाँ प्यानलकै निर्वा्चित भएका हुन् । अधिवेशनमा १ हजार २ सय ५२ मतदाता थिए । यस्तै भक्तपुरमा आज हुने भनिएको अधिवेशन ८ गतेलाई सारीएको काग्रेसले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline