रुपान्तरित संसदको पहिलो अधिवेशन आज सकिने

रुपान्तरित संसदको पहिलो अधिवेशन आज सकिने

  • बुधबार, फाल्गुन ५, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

काठमाडौं, ५ फागुन ।

रुपान्तरित व्यवस्थापिका संसदको पहिलो अधिवेशन आज सकिँदै छ । गत असोज १४ गतेदेखी सुरु भएको अधिबेशन आज सकिने सभामुखका प्रेस सल्लाहाकार बबिन शर्माले जानकारी दिनुभयो ।

आजको संसद बैठकमा राष्ट्रपति बिद्यादेबी भण्डारीले पठाएको अधिवेशन अन्त्यको पत्र सभामुखले पढेर सुनाएपछि अधिवेश सकिने छ । संवैधानिक व्यवस्था अनुसार सरकारले संसदको अधिवेशन अन्त्यका लागि आग्रह गरे अनुसार राष्ट्रपतिले अन्त्यको पत्र पठाएपछि अधिवेश सकिने भएको हो ।

संसदको यो अधिवेशनले नयाँ संविधान कार्यान्वयनका लागि संविधानको पहिलो संशोधन गरेको छ । यस्तै यही धवेशनले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र उपसभामुख चयन गरेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ