काठमाण्डौ ,५ फागुन ।
कच्चा तेलको मुल्य अन्तराष्ट्रिय बजारमा निरन्तर घटेपनि नेपाल आयल निगमले भने पेट्रोल र डिजेलको मुल्य घटाएको छैन । निगमले अन्तराष्ट्रिय मुुल्य अनुसार प्रत्येक १५ दिनमा समायोजन गर्ने भनेपनि पछिल्लोपटक निगमले त्यसको कार्यान्वयन गरेको छैन ।
पछिल्लो समय केच्चा तेलको मुल्य प्रति ब्यारेल २९ डलरमा झरिसकेको छ । जुन मुल्य करिव १२ वर्षअघीको हो । त्यतीवेला पेट्रोलको मुल्य नेपालमा ८५ रुपैयाँ हाराहारीमा थियो । भारतीय आलय कर्पोरेशन आईओसीले मुल्य घटेको सुची पठाएपनि त्यसको कार्यान्वयन भएको छैन ।
आईओसीले मुल्य घटाएर पठाएपनि खुद्रा मुल्य भारतको भन्दा कम हुने भएकाले तत्काललाई मुल्य समायोजन नगरिएको आयल निगम श्रोतले जनाएको छ । यस्तै आयल निगमको संचित घाटा पूर्ति गर्नुपर्ने भएकाले पनि मुल्य समायोजन नगरिएको श्रोतको भनाई छ ।
आयल निगमको संचित घाटा अहिले १२ अर्व रुपैयाँ छ । संचिती घाटा पूर्ति गर्ने निगमको रणनीतिका कारण अन्तराष्ट्रिय बजारमा निरन्तर इन्धनको मुल्य घटेपनि नेपालमा उपभोक्ताले बढी मुल्य तिरेर पेट्रोल डिजेल खरिद गर्न बाध्य भएका छन ।