काठमाडौं ५ फागुन ।
उच्चस्तरीय राजनीतिक सयन्त्रको बैठक आज बस्दैछ । दिउँसो १ बजे सिंहदरबारमा बस्ने बैठकमा प्रदेश सिमांकन तथा मोर्चाको माग सम्बोधन गर्ने विषयमा छलफल हुने बताइएको छ ।
मधेसी मोर्चाले संविधानभित्रै उल्लेख गर्नेगरि सयन्त्रको प्रस्ताव गरेको छ । प्रमुख दल पनि सयन्त्रलाई संवैधानिक बनाउनेमा सहमत देखिएका छन् ।
आजको बैठकमा प्रधानमन्त्रीको भारत भ्रमण, त्यस क्रममा उठाउने एजेण्डा र मधेसी मोर्चाको माग अनुसार संघियता मिलाउन गठन हुने सयन्त्रका विषयमा छलफल हुनेछ ।
आजको बैठकपछि मधेसी मोर्चासँगको वार्ता पनि तय हुने उप–प्रधान तथा रक्षा मन्त्री भीम रावलले जानकारी दिनुभयो । राजनीतिक सयन्त्रणको बैठक अघि प्रधानमन्त्री केपी शर्मा ओलीले आन्तरिक छलफल गर्ने तयारी गर्नु भएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline