काठमाडौं, ५ फागुन ।
नेपाली कांग्रेस काठमाडौंको जिल्ला अधिवेशन आज हुदैछ । आगामी नेतृत्वका लागि सभापतिमा भीमसेनदास प्रधान र सबुज बानियाँले उम्मेदवारी दिएका छन् ।
प्रधान वर्तमान सभापति पनि हुन् भने बानियाँ पार्टी महामन्त्री प्रकाशमान सिंह निकट हुन् । पदाधिकारी चयनका लागि राजधानीको भृकुटीमण्डपमा बिहान ९ देखि १२ बजेसम्म मतदान हुने कांग्रेसले जनाएको छ ।
निर्वाचनमा एक हजार २७३ क्षेत्रीय प्रतिनिधिले मतदान गर्नेछन् । प्रधानको प्यानलबाट अर्जुन पराजुलीले सचिवमा उम्मेदवारी दिएका छन् भने बानियाँ प्यानलबाट राजकुमार नकर्मी मैदानमा उत्रिएका छन् ।
नेपाल प्राध्यापक संघका पूर्व अध्यक्ष समेत रहनु भएका प्रधान काठमाडौं क्षेत्र नम्बर ६ का सांसद समेत हुनुहुन्छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline