हवाई इन्धनको मुल्य घट्यो

हवाई इन्धनको मुल्य घट्यो

  • मङ्लबार, फाल्गुन ४, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

फागुन ४, काठमाडौं ।

नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएको छ । अन्तर्रा्ष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेकाले सोही अनुसार मूल्य घटाएको निगमले जनाएको छ ।

हवाई इन्धन आन्तरिक उडानतर्फ प्रतिलिटर ५५ रुपैयाँ र अन्तर्रा्ष्ट्रिय उडानतर्फ प्रतिकिलो लिटर ५ सय ४९ डलर घटाएको निगमका निर्देशक मुकुन्द घिमिरेले जानकारी दिनुभयो । नयाँ मुल्य आज राति १२ बजेबाट लागु हुनेछ । नयाँ मूल्य लागु भएपछि हवाई इन्धन आन्तरिक उडानतर्फ प्रति लिटर १ सय ९ रुपैयाँ र अन्तर्रा्ष्ट्रिय उडानतर्फ प्रतिकिलो लिटर ९ सय ८१ डलर हुनेछ ।

निगमका अनुसार भारतीय आयल कर्पोरेसन आइओसीले फेब्रुअरी १५ मा पठाएको ईन्धनको मुल्यका आधारमा समायोजन गरिएको हो । सर्वसाधरणको दैनिक जीवनमा प्रयोग हुने पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने ग्यासको मूल्यमा भने कुनै परिवर्तन गरिएको छैन । पेट्रोल, डिजेल, मट्टितेल र ग्यासको मूल्य समायोजनबारे पनि छलफल भइरहेको घिमिरेले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी