काठमाण्डौ,४ फागुन ।
विप्लब नेतृत्वको नेकपा माओबादीका स्थायी समिती सदस्य धमेन्द्र बास्तोलाले जबसम्म जनताको अधिकार स्थापित हुदैन तबसम्म जनयुद्ध जारी रहने बताउनु भएको छ ।
विप्लव माओबादी निकट देशभक्त संघीय जनबादी मोर्चाले जनयुद्धको अबसर पारी आज राजधानीमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै बास्तोलाले यस्तो बताउनु भएको हो ।
उहाले बिचारको बिकाश नगरी देशको बिकाश नहुने भन्दै अबको क्रान्तिका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिनुभएको छ । नेता बास्तोलाले एमाओबादी अध्यक्ष प्रचण्डले संसदीय ब्यबस्थामा पाटी एकिकरण गर्ने कुरा गरीरहेको आरोप लगाउनु भयो ।
एमाओबादीसंग निसर्त एकता गर्न उहाले अन्य दललाई आग्रह पनि गर्नुभएको छ । देशमा दलाल पुजीबादी हाबी रहेका कारण नेपाली जनताले दुख पाएको उहाको धारणा छ ।
यस्तै नेकपा माओबादीका संयोजक मातृका यादबले प्रधानमन्त्री ओली दलाल रहेको आरोप लगाउदै मधेशका जनतालाई द्रोस्रो बर्गमा राखिएको बताउनु भयो ।
मधेशी जनताको अधिकार स्थापित नहुन्जेल सम्म आफुहरुको आन्दोलन जारी रहने उहाको भनाई छ । सबै दलका नेताहरु कुर्सिकै लोभमा रहेका कारण नेपाल बिकाशको गतिमा अघि बढ्न नसकेको उहाको भनाई छ ।