नयाँ शिक्षा नीतिका लागि आयोग गठन गरिने

नयाँ शिक्षा नीतिका लागि आयोग गठन गरिने

  • मङ्लबार, फाल्गुन ४, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

काठमाडौँ,४ फागुन ।

शिक्षामन्त्री गिरिराजमणि पोखरेलले नयाँ शिक्षा नीति निर्माणका लागि दुई हप्ताभित्र उच्चस्तरीय आयोग गठन गरिने जानकारी दिनुभयो ।

डिल्लीबजारस्थित विजय स्मारक उमाविको हीरक महोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा बोल्दै उहाले शिक्षा क्षेत्रको सुधार र विकासका लागि नयाँ शिक्षा नीति आवश्यक रहेको र त्यसका लागि छलफल भइरहेको बताउनुभयो ।

शिक्षामन्त्री पोखरेलले यसै वर्षदेखि प्रवेशिका परीक्षाको लब्धाङ्कपत्रमा सुरु गर्न लागिएकोे अक्षराङ्क प्रणालीमा ‘डी’ र ‘इ’ श्रेणीमा आउने विद्यार्थीलाई प्राविधिक शिक्षामा लगाउन तयारी भइरहेको बताउनु भयो ।

उहाका अनुसार भूकम्पका कारण करिब आठ हजार विद्यालयको भौतिक संरचना तथा एक लाखभन्दा बढी विद्यार्थी प्रभावित भएकाले तीन वर्ष्भित्र नै विद्यालयको भौतिक संरचना निर्माण गरिने छ ।

सो अबसरमा प्रा डा सुरेशराज शर्मा, नीर शाह, विजयकुमार पाण्डेलगायतले विद्यालयबाट आफूले अँगालेको अनुभव र शैक्षिक गुणस्तरका लागि विद्यालयले पु¥याएको योगदानबारे चर्चा गरेका थिए ।
सोही अवसरमा ‘विजयश्री’ स्मारिकाको विमोचन समेत गरियो । तत्कालीन प्रधानमन्त्री मोहनशम्शेरले आफ्ना छोरा विजयको सम्झनामा उक्त विद्यालयको स्थापना गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी