रौतहट, ४ फागुन ।
रौटहटको मतसरीमा हतियारसहित लुटपाट गर्न आएका डाँका समुहको आक्रमणमा परि २ जना घाइते भएका छन
मतसरी–४ का नविन झाको घरमा झण्डै २५ जनाको समूहमा हतियारसहित आएका डाँकाले गए राति लुटपाट गरेको प्रहरीले जनाएको छ ।
प्रतिकार गर्ने क्रममा डाँका समूहको आक्रमणबाट नविनकी ५० वर्षकी श्रीमती सरीता देवी र २२ वर्षका छोरा सरोज घाइते भएका छन् ।
घरको पर्खाल फोरर राति एक बजे भित्र पसेको डाँका समूहले नगद र सरसामान गरी दुई लाख ५० हजार भन्दा बढी लुटेको पीडितले बताएका छन् ।
उनीहरुको गंगापिपरामा रहेको स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । घटना लगतै पुगेको प्रहरीले डाँका समूहको खोजी गरिरहेको छ । डाँका भाग्न नसकुन भनेर नेपाल–भारत सीमानाकामा कडाइ गरिएको रौतहटका प्रहरी प्रमुख प्रहरी गणेश रेग्मीले जानकारी दिनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline