मुलुकभरका अलैँची व्यवसायी हलेसीमा

मुलुकभरका अलैँची व्यवसायी हलेसीमा

  • मङ्लबार, फाल्गुन ४, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

खोटाङ, ४ फागुन ।

नेपाल अलैँची व्यवसायी महासङ्घको दोस्रो अधिवेशनका लागि मुलुकभरका व्यवसायी खोटाङको हलेसीमा भेला भएका छन् ।

नेपाल अलैँची व्यवसायी महासङ्घको तेस्रो साधारणसभा तथा दोस्रो महाधिवेशनको सिलसिलामा मुलुकभरका अलैँची कृषक र व्यवसायी खोटाङको धार्मिक तथा पर्यटकीयस्थल हलेसीमा भेला भएका हुन् ।

‘कृषि वस्तुको पहिचान, हाम्रो साझा अभियान’ भन्ने नारासहित महासङ्घको अधिवेशनमा सहभागिताका लागि खोटाङलगायत ताप्लेजुङ, पाँचथर, इलाम, झापा, तेह्रथुम, धनकुटा, सङ्खुवासभा, भोजपुर, ओखलढुङ्गा, दोलखा, काभ्रे, गोरखा, लमजुङका अलैँची व्यवसायी आइपुगेका छन् ।

अधिवेशनमा १३ जिल्लाका पाँच÷पाँचजना र संस्थापक केन्द्रीय समितिका गरी १५० प्रतिनिधिको सहभागिता रहेको छ । अधिवेशनले नयाँ नेतृत्व चयनसँगै हरेक जिल्लामा उत्पादित अलैँचीलाई प्याकेजिङ, लेबलिङ र बजारीकरणका विषयमा रणनीति तयार गर्दै सकिने अलैँची व्यवसायी महासङ्घका अध्यक्ष राजेन्द्र घिमिरेले जानकारी दिनुभयो ।
निर्वाचन नभए अधिवेशन मङ्गलबार समापन हुने जनाइएको छ । रासस

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी