सिंहदरबार धाउनु पर्दैन– मन्त्री शर्मा

सिंहदरबार धाउनु पर्दैन– मन्त्री शर्मा

  • सोमवार, फाल्गुन ३, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

काठमाण्डौ,३ फागुन ।

सामान्य प्रशासन मन्त्री रेखा शर्माले कर्मचारीले सरुवाका लागि सिंहदरबार धाउन नपर्ने बताउनु भएको छ ।

रिपोर्टर्स क्लव दाङद्वारा आज तुलसीपुरमा आयोजित पत्रकार सम्मेलनमा उहाँले सरुवाकै लागि सिहंदरबार जाने मन्त्री र नेता भेट्ने प्रवृतिको अन्त्य भएको बताउनुभयो ।

जिल्लामा एक कार्यालयबाट अर्को कार्यालयमा सरुवाका लागि प्रमुख जिल्ला अधिकारी र क्षेत्रमा क्षेत्रीय प्रशासकलाई सरुवाका लागि अधिकार प्रत्यायोजन गरिएको मन्त्री शर्माले जानकारी दिनुभयो ।

उहाँले तीन महिना काजमा गएर तीन÷चार वर्षसम्म पनि नफर्किने समस्यालाई रोक्न नीतिगतरुपमा प्रक्रिया अघि चर्चा गर्दै निजामती ऐन विपरित काजमा सरुवा भएका ४०० बढी कर्मचारीको काज फिर्ता गरिएको र बाँकी रहेकालाई पनि फिर्ता गराउने क्रममा रहेको वताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ