काठमाडौँ, ३ फागुन ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको अभियोगमा पक्राउ परेका यातायात व्यवस्था विभाग मीनभवनका प्राविधिक निर्देशक नवीनकुुमार पोखरेलविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आयोगका प्रवक्ता कृष्णहरि पुस्करका अनुसार नेपालगन्जको एक सेवाग्राहीले विद्युतीय स्कुटर आयात गर्दा अनुमति लिने क्रममा उपसचिव पोखरेलले रु एक लाख ८० हजार घुस माग्दामाग्दै विभागको कार्यालयबाट पक्राउ परेका थिए।
सेवाग्राहीसँग घुस माग्दै गरेको सूचनाका आधारमा आयोगको टोलीले केही दिनअघि पोखरेललाई पक्राउ गरेको थियो । आयोगले पोखरेललाई हदैसम्मको कारबाहीको माग गरेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline