औद्योगिक प्रदर्शनी मंलगबारदेखि

औद्योगिक प्रदर्शनी मंलगबारदेखि

  • सोमवार, फाल्गुन ३, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमाडौँ, ३ फागुन । घरेलु तथा साना उद्योग विकास समितिले यही फागुन ४ बाट २७औँ औद्योगिक वस्तु तथा प्रविधि प्रदर्शनी गर्ने भएको छ ।

समितिले आइतबार भृकुटीमण्डपमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रदर्शनीमा ३०० भन्दा बढी कक्ष रहने र हालसम्म विभिन्न जिल्लाबाट १२५ तथा काठमाडौँबाट ५० वटा कक्ष बुक भइसकेको जानकारी दिइयो ।
मेड इन नेपाल गौरव गरौँ, स्वदेशी वस्तु प्रयोग गरौँ भन्ने मूल नाराका साथ सुरु हुने उक्त प्रदर्शनीमा भाग लिने उत्कृष्ट उद्यमीलाई पुरस्कृत गर्ने कार्यक्रम रहेको छ ।
पत्रकार सम्मेलनमा समितिका निमित्त कार्यकारी निर्देशक निलम ताम्राकारले प्रदर्शनीको मुख्य उद्देश्य घरेलु तथा साना उद्यमीलाई राष्ट्रियस्तरमा परिचय गराउने तथा उनीहरुबाट उत्पादित वस्तुको बजार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा विस्तार तथा प्रवद्र्धन गर्नु रहेको बताउनु भयो ।
कार्यकारी निर्देशक ताम्राकारले मेलामा पूर्वेली ढाका, बाँसजन्य उत्पादन, अल्लोजस्ता प्राकृतिक रेसाबाट उत्पादित वस्तु, छालाजुत्ता हस्तकला, खाद्यवस्तु एवम् अर्गानिक चिया र कफी, हाते कागज तथा ऊनी वस्तु प्रदर्शनको मुख्य आकर्षण रहने जानकारी दिनुभयो ।
प्रदर्शनीमा ७५ जिल्लाका उद्यमी सहभागी हुने र उद्यमीले तयार पारेका सामानलाई एउटै छातामुनिबाट सहज रुपमा खरिद गर्न सजिलो हुने लक्ष्य मेलाको रहेको बताइएको छ । प्रदर्शनी फागुन ९ गतेसम्म चल्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी